Menu

तमानखोलालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणाको तयारी, समन्वय समिति गठन

सरिता गोतामे, बुर्तिवाङ २०७४ फागुन २ । तमानखोला गाउँपालिकामा मंगलबार वडा खोप समन्वय समितिको गठन गरिएको छ । तमानखोला गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका सुनिश्चितताको लागि वडा नं. १ का वडा अध्यक्ष थमबहादुर रोकाको संयोकत्वमा ४७ सदस्यीय समितिको गठन गरिएको हो ।

कार्यक्रममा प्रमुख अथिथि गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले गाउँपालिकाका सवै बालबालिकाहरुलाई खोपको पहुँचमा पु¥याउनका लागि स्वास्थ्यकर्मी, अभिभावक र खोपसँग सरोकार राख्ने सवै जना लागि पर्नुपर्ने बताए । नेपाल सरकारको यो नीतिलाई पूर्ण कार्यान्वयनका लागि उनले अहिलेदेखि नै सवैलाई आफ्नो आफ्नो तर्फबाट परिचालित हुन आग्रह समेत गरे ।

अवको केही समयपछि गाउँपालिका खोप समन्वय समितिको गठन गरिने र निकट भविष्यमै तमानखोला गाउँपालिकालाई पनि पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिने गाउँपलिकाका लेखापाल याम थापाले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्मा, वडा नं. २ का वडा अध्यक्ष मिनबहादुर बुढा, तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक गरिमा हर्मेल लगायतको उपस्थिती रहेको थियो ।

वडा नं. १ का वडाअध्यक्ष तथा बोङ्गादोभान स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष थमबहादुर रोकाको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख राजनकुमार थापाको स्वागत मन्तव्य र स्वाथ्यचौकीका अहेब होमबहादुर घर्तिको सञ्चालन रहेको थियो ।

पश्चिम बागलुङका ३ स्थानीय तहमध्ये ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका यस अघि नै पूर्ण खोपयुक्त घोषणा भैसकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *