Menu

शल्यक्रिया सहितको आखाँ तथा गाइनो सम्बन्धित ३ दिने निशुल्क शिविरको तयारी पुरा

मिलन हमाल, बुर्तिवाङ २०७४ फागुन २ । भोलि बिहिबारदेखि निसीखोला गाउँपालिकाको बोहरागाउँ स्वास्थ्य चौकीमा आयोजना गरिने निशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएकाछ ।

गरिबी निवारणको लागि शान्ति र विकासल काठमाडौको आयोजनामा हुने ३ दिने शिविरमा शल्यक्रिया सहितको आँखा तथा पाठेघरको चेकजाँच तथा उपचार हुने छ भने शनिबार सम्म चल्ने शिविरमा आँखा र पाठेघरसम्बन्धी विषशेज्ञ स्वास्थ्यकर्मीहरुले सहजिकरण गर्ने संस्थाका अध्यक्ष टेकराज पौडेलले बताए ।

भिजन ः २०२०, काठमाडौको प्राविधिक सहयोग हुने शिविरलाई ह्याण्डस फर नेपालले संयोजन गरेको छ । निसीखोला गाउँपालिकाको स्थानीय संयोजन रहेको शिविरको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शिविरबाट निसीखोला गाउँपालिकाका आँखा तथा पाठेघरसम्बन्धी समस्या भएका स्थानीयहरु लाभाम्बित हुने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *