गल्कोट नगरपालिकाको नगर सभा सम्पन्न : यही गतिले काम गर्दै गए समृद्ध गल्कोट धेरै टाढा छैन-गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन २ । स्थानीय तहमा निर्वािचत जनप्रतिनिधिले नेतृत्व लिएपछि गलकोट नगरपालिकाले दोश्रोे नगरसभा सम्पन्न गरेको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख भरत शर्मा गैरेलेसंविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक, चालु बार्षिक बजेट, करका दरहरु, निर्दे्शिका तथा निति कार्य्विधिहरु पारित गरिएको बतमए ।

नगर सभामा नगर कार्यपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले पेश गरेको “गल्कोट नगरपालिकाको आर्थिक कार्यिवधि नियमित तथा ब्यबस्थित गर्न बनेको ऐन, २०७४, गल्कोट नगरपालिकाको सहकारी ऐन, २०७४, गल्कोट नगरपालिकाबाट गरिने बजार अनुगमन निर्दे्शिका, गल्कोट नगरपालिकाको शिक्षा क्षेत्र, सँचालन र ब्यबस्थापन कार्य्विधि, २०७४ पारित गरेको छ ।

पारित कानुनहरु नगर प्रमुखले प्रमाणिकरण गरे लगत्तै कानुनको रुपमा नगरपालिका क्षेत्रमा लागु हुने नगरपालिकाले जनाएको छ ।

सभामा निर्णायार्थ पेश गरिएका एफ.एम सँचालन तथा ब्यबस्थापन कार्यविधि, २०७४, शिक्षा नियमावली, २०७४, कृषी ब्यवसाय प्रबर्धन ऐन, २०७४ माथी थप छलफल गर्न आवश्यक भएकोले पारित हुन नसकेको उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन् ।

सभाले न्यायिक समिति पनि गठन गरेको छ । नगर उपप्रमुख रेनुका काउचा मगरको सँयोजकत्वमा नगर सभाका अन्य दुई जना सदस्य रहने गरी सँबैधानिक ब्यबस्था रहेको न्यायिक समिति गठन गरिएको हो । समितिको सदस्यमा झहर बहादुर खत्री र नगर सदस्य पदम कार्की रहनुभएको निर्वाचन अधिकृत प्रदिपचन्द्र सुबेदीले बताए ।

नगर सभामा धनश्याम कुवँर, राम प्र. वि.क, भिम बहादुर विक, विरजँग भण्डारी, लक्ष्मी नेपाली, रुपा विक, लोक बहुर थापा, दल बहादुर बुढाथोकि, नारायणध्वज मल्ल लगायतले विभिन्न प्रस्ताव माथी आफ्नो मन्तब्य राखेका थिए ।

नगर सभाको समापन गर्दै नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिकाको हालसम्मको कार्यको सँक्षिप्त विवरण प्रस्तुत गर्दै यही गतिले काम गर्दै जान सकेमा समृद्ध गल्कोट धेरै टाढा नरहेको बताए । उनले नगर सभा सम्पन्न गर्न सघाउ पुयाउने सबै कर्मचारी, राजनीतिक दल तथा गल्कोटबासीलाई धन्यवाद दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *