प्रभा माविको ५७ औँ बार्षिकेत्सव : बर्तमान शैक्षिक नीतिले शैक्षिक निजीकरणलाई बढावा- घर्ती

मिलन हमाल, बुर्तिवाङ २०७४ फागुन २ । निसीखोला गाउँपालिका—३, झिवाखोलामा रहेको प्रभा माध्यमिक विद्यालयले आफ्नो ५७ औँ बार्षिकोत्सव भव्यताको साथमा मनाएको छ ।

बार्षिकोत्सवको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथी प्रदेशसभा सदस्य टेकबहादुर घर्तीले प्रदेश सरकारमा रहेर सामुदायिक विद्यालय अनुकुल हुने गरी शैक्षिक नीति निर्माणमा अग्रणी भूमिका खेल्ने बताए । बर्तमान शैक्षिक नीतिले शैक्षिक निजीकरणलाई बढावा दिएको उल्लेख गर्दै घर्तीले सामदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा बृद्धि गरी अभिभावक तथा विद्यार्थीको लागि सामुदायिक विद्यालयलाई शैक्षिक गन्तव्य बनाउन आफ्नो तर्फबाट सक्दो पहलकदमी हुने धारणा व्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै सांसद घर्तिले प्रदेश तथा केन्द्र सरकारको गठन प्रकृया अघि बढिसकेकोले अव देश समृद्धिको दिशाउन्मुख हुने विश्वास व्यक्त गरे । उनले बागलुङ पश्चिम क्षेत्रका तीन स्थानीय तहलाई समुन्नत बनाउन आफुले प्रदेशमा रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसको उचित कार्यान्वयनका लागि विपक्ष दल तथा सवै जनताको साथको खाँचो हुने धारणा राखे ।

त्यस्तै, कार्यक्रममा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गाउँपालिकाका सवै सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदैँ कतिपय विद्यालयहरुमा दरबन्दीे अभावका कारण निजी स्रोतमा भर पर्नुपर्ने अवस्था आएकोले त्यसको उचित व्यवस्थापनमा गाउँपालिका लागि परेको बताए ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही, विद्यालयका संस्थापक सदस्य चक्रबहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रमको अवसरमा विद्यालयका प्रध्यानाध्यापक नवराज आचार्यले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गगरेका थिए ।

उता, विद्यालयले उत्सवको अवसर पारेर आयोजना गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु पनि सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत आज भएको अन्तर माध्यमिक तह स्तरीय लोक नृत्य प्रतियोगितामा प्रभा मावि बोहरागाउँ प्रथम, देविस्थान मावि देविस्थान द्वीतीय र जन जिवराज सुशिला मावि झिम्पाले तृतीय स्थान हाँसिल गरेका छन् ।

त्यस्तै, साविक बोहरागाउँ गाविसका अन्तरप्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बोहरागाउँ लिटल रोज इङिलस बोर्डिङ स्कुल प्रथम, जनमुक्ति प्रावि बडाचौर द्वीतीय र बोहरागाउँ प्रावि बोहरागाउँ तृतीय भएका छन् ।

त्यसैगरी साविक बोहरागाउँ गाविसका अन्तर आधारभुत तह स्तरीय खो खो प्रतियोगितामा प्रभा मावि प्रथम, पशुपति आधारभूत विद्यालय धाराखर्क द्वीतीय र जन जिवराज सुशिला मावि झिम्पा तृतीय भएका छन् ।

उता, निसीखोला गाउँपालिकामा रहेका मावि स्तरका विद्यालयहरुको विचमा भएको छात्र भलिवल प्रतियोगितामा रत्न राज्यलक्ष्मी मावि जुग्जाखोला प्रथम र प्रभा मावि बोहरागाउँले द्वीतीय स्थान हाँसिल गरेका छन् ।

आज नै कार्यक्रमको अवसर पारेर विभिन्न प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयहरुलाई पुरस्कृत तथा विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति सम्मान गरिएको थियो । त्यस्तै, विद्यालयका शिक्षक, चन्दादाता तथा जग्गादाताहरुलाई फुलमाला लगाएर अभिनन्दन गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थान समितिका अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षता, शिक्षक बिमल भट्राईको स्वागत मन्तव्य र शिक्षकहरु भूमिराज आचार्य र दीपक शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *