Menu

बागलुङको जैमिनी क्षेत्र बौद्धिक केन्द्र निर्माणको लागि उत्कृष्ट ठाउँ : डा. ढकाल

विजय राना, बागलुङ २०७४ फागुन १ । नयाँ विश्वविद्यालयका अभियन्ता डा.प्रमोद ढकालले बागलुङको जैमिनी क्षेत्र बौद्धिक केन्द्र निर्माणको लागि उत्कृष्ट ठाउँ रहेको बताएका छन् ।

जैमिनी नगरपालिकाको सर्कुवा, जैदी, राङखानी र छिस्तीकोे प्रारम्भिक अध्ययन पश्चात ढकालले प्रतिक्रिया दिँदै त्यस क्षेत्र प्राकृतिक रुपमा अन्त्यन्त सुन्दर भएकाले बौद्धिक केन्द्र निर्माणको लागि उत्कृष्ट ठाउँ रहेको बताएका हुन् ।

नयाँ विश्वविद्यालयको अवधारणा अनुसार त्यस क्षेत्रमा विश्वका बौद्धिक जमातहरुको शहर निर्माण गरिने छ । प्रारम्भिक अध्ययनको क्रममा त्यस क्षेत्रमा पुग्दा त्यहाँको प्राकृतिक सुन्दरताले आफुहरु मन्त्र मुग्ध भएको उनको भनाई छ ।

नयाँ विश्वविद्यालयको अवधारणा अनुसार विश्वका बौद्धिक शहर निर्माणको लागि नेपाल सरकार, विदेशमा रहने नेपाली र विश्वले नै लगानी गर्ने र त्यसमा स्थानीयवासीको सहयोग आवश्यक हुने बताए ।

बौद्धिक जमातको शहर निर्माणको लागि प्रशस्त मात्रामा जग्गा आवश्यक पर्ने भएकाले स्थानीयबाट सहयोग पाउने आशा पनि उनले व्यक्त गरे । ढकालले स्थानीयहरुले पहिल्यै पनि जग्गा दिन खोजेकाले आफ्नो अभियानमा स्थानीयको पूर्ण साथ रहेको विश्वास व्यक्त गरे ।

बौद्धिक जमातको शहर निर्माणको लागि आफुहरुले प्रदेश राजधानी पोखरा र बुटवल संग छोटो र सिधा यातायातको व्यवस्था गर्नु पर्नेमा समेत उनले जोड दिएको बताए ।

आफ्नो नयाँ विश्वविद्यालयको अवधारणा अनुसार काम भएमा खोज तथा अनुसन्धान, अध्ययन र अध्यापनको लागि विश्वभरका बौद्धिक व्यक्तित्वहरु त्यस क्षेत्रमा आउनेछन् ।

आफ्नो अवधारणा अनुसार काम भएमा विदेश पलायन भएका नेपालीहरु पनि आफ्नै ठाउँमा फर्किने छन् । यसले जैमिनी क्षेत्र मात्र नभएर सिङ्गो देशलाई नै विश्वसामु चिनाउन मद्दत पुग्ने विश्वास ढकालले व्यक्त गरे ।

ढकालले थप अध्ययनको लागि प्राविधिक सहितको टोलिले पुनः छिटैनै अध्ययन भ्रमण गर्ने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *