गौरीधाम शिव मन्दिरमा महाशिवरात्रि पर्व भब्यरुपमा सम्पन्न : विहानै देखी श्रद्धालुहरुको भीड !

बागलुङ २०७४ फागुन २ । हिन्दुधर्मावलम्वीहरुले हिँजो महाशिवरात्रि पर्व भगवान शिवको पुजा आराधना गरी श्रद्धापूर्वक मनाएका छन् । बागलुङ सदरमुकाम स्थित गौरीधाम शिवमन्दिर लगायत विभिन्न शिव मन्दिर एवं शिवालयहरुमा विहानै देखी श्रद्धालुहरुको भीड लागेको थियो । श्रद्धालुहरुको सुविधाका लागि गौरीधाम शिवमन्दिर सम्म पुग्ने सडक मरम्मत गरिनुका साथै अन्य आवश्यक प्रवन्ध मिलाईएको थियो ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रि मानिन्छ ।

फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथीमा शिवरात्रि पर्व मनाईने गरिन्छ । भगवान शिवको अतिप्रिय रात्रिलाई शिव रात्रि भनिन्छ । धार्मिक मान्यतानुसार शिवरात्रिको शिवतत्वसंग घनिष्ठ सम्वन्ध छ । महाशिवरात्रिमा रुद्राभिषेकले ठुलो महत्त्व राख्दछ । यस अवसरमा रुद्राभिषेक गर्नाले सबै रोग और दोष समाप्त हुने विश्वास गरिन्छ ।

ज्योतिष शास्त्र का अनुसार फागुन कृष्ण चतुर्दशी तिथि मा चन्द्रमा सूर्य को निकट हुने हुनाले यसै समय जीवन रूपी चन्द्रमा को शिवरूपी सूर्य का साथ योग मिलन हुन्छ । त्यसकारण चतुर्दशीमा शिवपूजा गर्नाले अभीष्ट फल प्राप्ति हुने विश्वास गरिन्छ ।

महाशिवरात्रि पर्व परमात्मा शिवको दिव्य अवतरणको मंगल सूचक पर्व मानिन्छ । भगवान शिव निराकार बाट साकार रूपमा अवतरण हुने रात्रि नै महाशिवरात्रि भनिन्छ । महाशिवरात्रिले हामीलाई काम, क्रोध, लोभ, मोह, मत्सर आदि विकारहरुबाट मुक्त गरी परमसुख, शान्ति एवं ऐश्वर्य प्रदान गर्छ भन्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

महाशिवरात्रीका अवसरमा हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर पूजाराधना गर्छन् । महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्व्िसद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

महाशिवरात्रिका अवसरमा प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ भगवान शिवको स्मरण गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *