निसीखोला पुर्ण खोपयुक्त गाउँपालिका घोषित

छबिलाल पाण्डे,बुर्तिबाङ २०७४ फागुन २ । निसीखोला गाँउपालिकालाई मंगलबार एक कार्यक्रमका बिच पुर्ण खोपयुक्त गाँउपालीका घोषणा गरीएको छ । मंगलबार एकैदिन गाउँपालिकाको वडा नं १ र २ सहित सिंगो गाँउपालीकालाई पुर्ण खोपयुक्त गाँउपालीका घोषणा गर्दे भावी दिनमा जन्मने बालबालीकालाई कुनैपनी खोपको मात्रा नछुटाउने प्रतिबद्धता सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ । ७ वडा रहेको सो गाँउपालिकामा साविकको राजकुत गाविस हालको वडा नं ७ लाई गत बर्षनै पुर्ण खोपयुक्त घोषणा गरीसकिएको थियो भने आईतबार वडा नं ५ र ६ को साविक निसी सोमबार वडा नं ३ र ४ को साविक बोहोरागाँउलाई घोषणा गरेसंगै आज वडा नं १ र २ को साविक देबिस्थान सहित गाँउपालिका भर खोपको मात्रा लगाई रहेको ४ सय ३८ बालबालीकालाई खोपको मात्रा पुरा गर्दे पुर्ण खोपयुक्त गाँउपालीका घोषणा गरीएको हो ।

आज आयोजित कार्यक्रममा निसीखोला गाँउपालीका प्रमुख तारानाथ पौडेलको अध्यक्षता, जिल्ला सम्मोन्य समितीका संयोजक राजेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता, जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख एवम बरिष्ठ जनस्वास्थ्य प्रसासक दिपक प्रसाद तिवारी विशिष्ठ आतिथ्यता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *