Menu

बागलुङ जिल्लाका विकट क्षेत्रमा जिएसएम सेवा विस्तार गर्दै नेपाल टेलिकम !

थम्मन थापा सन्देश, बागलुङ २०७४ फागुन २ । नेपाल टेलिकमले बागलुङको ताराखोला गाउँपालिका वडा नं ४ मा जिएसएम मोवाईल सेवा विस्तार गरेको छ । टेलिकमले गाउपालिकाको मसिना डाँडामा टावर स्थापना गरि सेवा सुचारु गरेको हो ।

२ हजार ३ सय ७५ मिटर उचाईमा अवस्थित मसिना डाँडामा रहेको उक्त टावर सञ्चालनमा आएसँगै ताराखोला गाउँपालिका वडा नं ४ को नागबेलीखोला, दोगाडी सागुबोट, वडा नं ५ को छेल्दोर, सीप, वडा नं ३ को घुस्मेलीका झण्डै ३०० घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

तत्कालका लागि टु जी सेवा सञ्चालनमा ल्याईएको र केही समय पछि उच्च गतिको डाटा सहितको थ्रिजी सेवा पनि सञ्चालनमा ल्याउने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

टावर सञ्चालनमा आएपछि लामो समय देखि सञ्चारको अभावमा नेटवर्कको खोजी गर्दै मोवाईल हातमा लिएर अग्लो डाॅडा तिर भौतारिनु पर्ने बाध्यता हटेको स्थानिय बासिन्दामा खुसियाली छाएको पुर्णभद्र निउरेले बताए ।

यता डाटाको माग अत्यधिक बढेपछि टेलिकमले काठेखोला गाउपालिकाको रेश स्थित सिगाना कोटमा रहेको मोवाईल टावरमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । थ्रिजी सञ्चालनमा आएपछि त्यस आसपासका उपभोक्तालाई उच्च गतिको ईन्टरनेट चलाउन थप सहजता भएको छ ।

सेवा विस्तारको क्रममा नेपाल टेलिकमले पश्चिम बागलुङको बडीगाड गाउपालिकाको उपल्लो दर्लिङ सेवा विस्तार गरेको छ । दर्लिङ र आसपासमा सञ्चार सेवा प्रदान गर्ने उद्येश्यले उपल्लो दर्लिङ बाघखोरमा टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको हो । मोवाईल सेवा सञ्चालन भएपछि त्यस क्षेत्रका बासिन्दालाई कुराकानी गर्न र डाटा मार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *