Menu

बिहुँ रिजालचोकमा रहेको शर्मा मेडिकलमा आगोलागि हुदा लाखौको क्षति

भरत सापकोटा, बागलुङ बिहुँ २०७४ फागुन १ । काँठेखेला गाउँपालिका वडा ५ बिहुँ रिजालचोक मा रहेको शर्मा मेडिकलमा बिहान करिब ११ बजेतिर आगलागि भएको छ।

उक्त घरमा बाहिरबाट सटर लगाएको र माथिबाट माटो छापिएकाले अलिक ठुलो रुप लिदा सम्म कसैले थाहा नपाएको स्थानिय राम्जि कडेंल भने पछि चारै तर्फबाट निक्कै कालो र गनाउने धुवाँ निस्किन थालेपछि चारै तर्फ स्थानियहरु र प्रहरी को सहायतामा आगोलागि नियंन्त्रण आएको थियो ।

चारै तर्फका टाँसिहरुमा खचाखच चिनिएका औषधिहरु र त्यसै भित्ररहेका एन्टोबायोटिक औषधिहरु भएकाले ३० लाख रुपैया क्षति भएको मेडिकल संन्चालक रधुपति शर्माले बताए । त्यहाँ भित्र रहेका न टिभि नै छ न फर्निचरका सामानहरु न औषधि सबै कुरा पुर्ण रुपमा नष्ट भएकाले ठुलो क्षति ब्यहोर्नु परेको शर्माको भनाई थियो।

बिहानै १० बजेतिर शिवरात्रि मनाउन शिवालय पुगेका शर्माको मोबाईल एक्कासि बजेपछि फोन उठाउनु के पाएका थिए दुखद खबर सुन्न लेखेको रहेछ त्यहाँबाट हतारिदै मेडिक भएको स्थानमा पुग्दा आफुले जिन्दगि भरि दुख गरेर कमाएको सम्पति जलेर खरानि बनेछ उनले दुखेसो पोख्दै भने बिजुलिको तार सट भएर त्यस माथि छापिएको प्लास्टिकमा टिपेपँछि त्यो आगों भुईंमा खसेर चारैतिर सल्किएको शर्माको अनुमान छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *