धौलागिरी कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न

बागलुङ, २०७४ फागुन १ । जैमिनी नगरपालिका वडा न. ७ जैदीमा रहेको धौलागिरी कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै वडा अध्यक्ष जितबहादुर रानाले संस्थाले राम्रो काम गरेकोमा प्रशंसा गर्दै सहकारीलाई सहकारीको मर्म र निति अनुसार अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७३ मा भएको २ लाख २० हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अहिले संस्थामा ४४ जना सेयर सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष मोतिप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रुद्र रानाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *