बाह्र घण्टा पछी ढोरपाटनमा हिमपात रोकियो, सूर्योदय सँगै बिहानी मौसम रमणीय !

बुर्तिवाङ, २०७४ फागुन १ । ढोरपाटनमा हिँजो अपरान्ह ३ बजे देखी परेको हिउँ १२ घण्टापछी रोकिएको छ । अहिले विहान सूर्योदय सँगै ढेरपाटन उपत्यकाको मौसम तातो र न्यानो बनेको छ ।

आज विहान ३ बजे सम्म हिउँ एक फिटको हाराहारीमा परेको स्थानीयले जानकारी दिएकाछन् ।

सोमबार अपरान्ह तीन बजेको समयबाट ढोरपाटनमा हिउँ पर्न सुरु गरेको थियो । साँझसम्म करीब १ फिटको आसपासमा हिउँ परेको र राति ९ बजेसम्म पातलो हिमपात भैरहेको स्थानीले बताएका थिए ।

विहान ३ बजे तिर हिउँपर्न रोकिएको र अहिले विहान ढोरपाटनमा पारिलो घाम लागेको स्थानीयले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *