बुर्तिबाङमा डकर्मी रिफ्रेसर तालीम शुरु: भूकम्प प्रतिरोधात्मक घर बनाउन सहयोगी !

झरना कँडेल, बुर्तिवङ २०७४ माघ २९ । बुर्तिबाङमा डकर्मी रिफ्रेसर तालीम शुरु भएको छ । राष्ट्रीय पुर्ननिमार्ण प्राधिकरणको कार्यक्रम अन्र्तगत घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा बागलुङको आयोजना तथा ढोरपाटन नगरपालिकाको प्राबिधक सहयोगमा देखी ७ दिने डकर्मी रिफ्रेसर तालीम शुरु गरिएको हो ।

२०७२ बैसाख १२ गते गएको भूकम्प पश्चात यस क्षेत्रमा क्षेत्रमा नयाँ प्रकारको डकर्मी तालीम गर्ने अवसर दिलाएकोमा घरेलु तथा साना उद्योग विकास समिती मुख्य शाखा बागलुङलाई बिशेष धन्यवाद दिदै आधुनिकीकरणको सिकाई गरी भूकम्प प्रतिरोधात्मक घरहरु बनाउन सिपको बिकास हुने अपेक्षा गरिएको छ ।

घरेलु तथा साना उद्योग बिकास समिती मुख्य शाखा कार्यलय बागलुङका शाखा अधिकृत जगन्नाथ पाण्डेले सरकारले यस जिल्लामा ४०० जनालाई तालीम दिने लक्ष्य सहित संचालन गरेको तालिम प्रत्येक नगरपालिकाका ५० जना र गाँउपालिकालाई २५ जनालाई तालीम दिने लक्ष्य सहित यो तालीम शुरु गरिएको बताए । तालीममा ढोरपाटन नगरपालिकाका ५० जना डकर्मीहरुको सहभागिता रहेको छ ।

तालीममा भूकम्प प्रतिरोधी घर तथा भवन बनाउन आवश्यक परामर्श दिने शाखा अधिकृत पाण्डेले जानकारी दिए ।

तालीमको पहिलो दिन आज ईन्जीनियर बिश्वास लामाले सहजीकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *