म्याग्दी रिठ्ठाबोटमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

म्याग्दी २०७४ माघ २९ । म्याग्दी वेनीबाट शिखघारातर्फ जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप रघुगंगा गाउँपालिका–२ रिठ्ठाबोटमा आइतबार आफै अनियन्त्रित भई सडकबाट अंदाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्युहेनहरुमा रघुगंगा गाउपालिका–१ बेगखोला बस्ने ३५ बर्षीया लिमाया पुनको घटनास्थलमै तथा चालक अन्नपुर्ण गाउँपालिका बस्ने २९ भुमिन पुन र शिखघारा–३ बस्ने २० बर्षीया रितु तिलिजाको उपचारको क्रममा जिल्ला अस्पताल म्याग्दीमा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि मणीपाल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।

यसैबीच बेनी नगरपालिका–५ पुलाचौर भिरमुनि बस्ने ४२ वर्षीय मोहन बानियाको कच्ची घरमा आइतबार आगलागी हुँदा फर्निचर, कुटानी पिसानीका मेसिन र अन्नपात जलेर करीब २१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *