नेपाल धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुने निर्णय गर्ने आधिकार जनताको हातमा- कँडेल

युबराज चापागाई, नवलपरासी २०७४ माघ २९ । पूर्व गृह राज्य मन्त्री एवंम् नेपाली कांग्रेसका नेता देवेन्द्रराज कडेलले नेपाल धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुने निर्णय गर्ने आधिकार जनताको हातमा मात्र रहेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका कडेलले जनताको अभिमत द्वारा धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुनुपर्ने बताए ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र संरक्षण समिति बर्दघाट नगरपालिका ७ जिमिरेभार नवलपरासीले आयोजना गरेको शिबपुराण धनधान्यान्चल महायज्ञमा सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य कडेलले यसलाई जनताको अभिमतद्धारा मात्र निष्कर्षमा पु-याउनुपर्ने जिकिर गरे ।

नेपाल हिन्दु राष्ट्र हुनुपर्ने निष्कर्ष अभियानका मुख्य अभियन्ता समेत रहेका कडेलले जनताको राय मार्फत ९० प्रतिशत हिन्दु समुदाय रहेको नेपाल पुन हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिए ।

हिन्दु राष्ट्रको पक्षमा कांग्रेस रहेको दाबी गर्दै कडेलले सो कुरा काग्रेसको केन्द्रीय समितिमा बारम्बार उठिरहेको चर्चा गर्दै नेपाल हिन्दु राष्ट्र हुनु पर्ने बताए ।
नेता कडेलले बिभिन्न दलहरुले देशलाई धर्म निरपेक्ष बनाएर गल्ती गरेको स्वीकार गरीसकेको अवस्थामा जनताको मतले त्यसलाई उल्टाउन सक्ने जिकिर गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *