मतदाता नामावलीलाई लिएर राप्रपा पर्वतमा विवाद, अधिवेशन स्थगित !

पर्वत २०७३ माघ २५ । राप्रपा नेपाल र राप्रपावीच एकीकरण पछीको पहिलो जिल्ला अधिवेशन बिबादले गर्दा आज सम्पन्न हुन सकेन । मतदाता नामावली प्रकाशनलाई लिएर विवाद उत्पन्न भएको कार्यकर्ताहरुले बताएका छन् ।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा तीन जना प्रत्याशीको नाम चर्चामा रहेको छ । ठाकुर भुषाल, ईश्वर गिरी र देबेन्द्र विक्रम महतवीच प्रतिष्पर्धा हुन सक्ने अनुमानका वीच आज मतादाता नामावलीमा किचलो निकाले पछी आज अधिवेशन नै भएन । तीन जना केन्द्रिय सदस्यहरुले विवाद मिलाउन सबै पक्षवीच बार्ता भैरहेपनि सकारात्मक नतिजा आउन नसकेको बताईएको छ ।

सम्भवत भोलि माघ २६ गते सहमतिमा ल्याएर निर्वाचन गरिने श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *