Menu

मगर बिद्यार्थी सघं बागलुङको नवौ अधिवेशन सम्पन्न : अध्यक्षमा प्रतिक घर्ती मगर !

बागलुङ २०७४ माघ २८ । नेपाल मगर बिद्यार्थी सघं बागलुङको नबौ जिल्ला अधिवेशन नयाँ कार्य समिति चयन गर्दै आईतवार सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा प्रतिक घर्तिमगर, उपाध्यक्षमा कोपिला श्रीसमगर, सचिवमा कुशल पुन मगर, कोषाध्यक्षमा श्यामकुमारी मगर र सहसचिवमा अनुप बुढामगर सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा चन्दा बुढामगर, ऋतु थापामगर, डेकराज थापा मगर, सागर घर्तीमगर, जगमती रोका, निशा घर्तीमगर, खिमा पुनमगर, राजकुमारी भुजेल मगर, घनश्याम पुनमगर र ईन्द्र घर्ती मगर पनि सर्वसम्मत चयन भएका छन् ।

नवौँ अबिधेशनको सघंका केन्द्रिय महिला उपाध्यक्ष निरमा श्रीसले मैनबत्ति बालेर उद्घाटन गरेकी थिईन् ।

उद्घाटन समारोहको अध्यक्षता निवर्तमान अध्यक्ष वसन्त सुतपहरे घर्तीमगरले गरेका थिए आज समापन समारोकको सभापतित्व नवनिर्वाचित अध्यक्ष प्रतिक घर्तीमगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *