माग पुरा गर्ने सम्झौता भएपछि धर्ना तथा विरोध कार्यक्रम स्थगित !

हरि शर्मा, बागलुङ, २०७३ माघ २५ । गाविस सचिव हकहित केन्द्र जिल्ला कार्य समिती बागलुङले आफ्ना सम्पुर्ण विरोध तथा धर्ना कार्यक्रम स्थगित गरेको छ ।

९ सुत्रीय माग राखेर पाँचौ दिनसम्म जिविसमा धर्ना एवं विरोध जनाएका गाविस सचिवहरुले आफ्ना मागका विषयमा स्थानीय विकास मन्त्रालय सकारात्मक भएको र मागको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको गाविस सचिव हकहित केन्द्र जिल्ला कार्यसमितिका अध्यक्ष महेन्द्र पौडेलले बताए ।

गाविस सचिवलाइ नेपाल सरकारबाट गतबर्ष स्वीकृत भएको कार्यसम्पादनमा आधारीत प्रोत्साहन भत्ता चालु आ।वमा अर्थमन्त्रालयबाट सहमती नदिइ रोक्का गरेको,विभिन्न समयमा भएका सम्झौता एवं ज्ञापन पत्रको कुनै सुनुवाइ नभएको,निजामती कर्मचारीलाइ कानुन निर्माण गरी संघीय,प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने,सरकारी सेवालाइ संघीय सेवा र प्रदेश सेवा मात्र हुनुपर्ने,प्रदेश सेवामा खटाउँदा एक श्रेणी बढुवा गरिनुपर्ने,शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाइ वोल्डेन हेन्सेकबापत तहबृद्धि सहितको अवकाश योजना हुनुपर्ने,सेवासुविद्यामा घटबढ हुन नपाइने लगायतका ९ बुदेँ माग राख्दै विरोधमा उत्रेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *