Menu

मुलपानी माध्यमिक विद्यालयमा भुकम्प सम्बन्धी नमुना अभ्यास कार्यक्रम सम्पन्न

बागलुङ २०७४ माघ २८ । यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना ” अन्तर्गत बागलुङ नगरपालिका-७ को मुलपानी माध्यमिक विद्यालयमा भुकम्प सम्बन्धी नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । ऊक्त नमुना अभ्यासमा विद्यालय मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु गरि ३०० जनाको सहभागिता रहेको थियो।

उक्त नमुना अभ्यास विद्यालयमा गरिनाले विद्यार्थीहरु भुकम्प जस्ता विपदबाट हतोत्साहित नभई सुरक्षित रहन सहयोग पुग्ने बिद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले बताए। साथै कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि यस्ता नमुना अभ्यासले अाफुलाई सुरक्षित रहनका लागि उर्जा थपेको र विपदको सामना गर्न अाशा जगाएको भन्दै विद्यालयमा यस्ता क्रियाकलापलाई निरन्तरता दिनु पर्ने कुरा सहभागी विद्यार्थीहरूले जोड गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *