Menu

तमानखोला गाँउपालिकामा २ दिने कुशन बनाउने तालिम सम्पन्न

सुमन सुनार, २०७४ माघ २८ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, डिसी.आर.डिसी शाखा कार्यालय बुर्तिबाङले आईतवार तमानखोला गाउँपालिका अन्तर्गतका आफ्ना महिला सदस्यहरुलाई कुशन बनाउने तालिम दिएको छ । केन्दव्दारा सञ्चालित लघुवित्त कार्यक्रम अन्तर्गत त्यहाँका आफ्ना महिला सदस्यहरुलाई कुशन बनाउने तालिम दिईएको केन्द्रले जनाएको छ ।

हिजो शनिबार देखि आज २ दिन सम्म जारी रहेको उक्त तालिममा तमानखोला गाँउपालिका अन्तर्गतका विभिन्न केन्द्रका ३२ जना महिला सदस्यहरुलाई प्रशिक्षण दिईएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, डिसी.आर.डिसी बुर्तिबाङ शाखाका कर्मचारी गणेश थापाले बताए ।

तालिमको सहजीकरण तथा प्रशिक्षण तम्घास शाखाकी कर्मचारी अनिता ताम्राकारले दिएकी थिईन् । तमानखोला गाँउपालिका–३ मा रहेको तमान युवाक्लवको भवनमा उक्त तालिमको आयोजना गरि प्रशिक्षण दिईएको थापाले बताए।

केन्द्रका महिला सदस्यहरुले तालिमबाट सिकेका कुराहरुलाई आफ्ना समुदायमा रहेका महिलाहरुलाई तालिमको आयोजना गरि प्रशिक्षण दिने ब्यवस्था समेत मिलाईएको डिसी.आर.डिसी बुर्तिबाङ शाखाका कर्मचारी थापाले बताए ।

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, डिसी.आर.डिसी बुर्तिबाङ शाखाकी शाखा प्रमुख धना श्रीषको अध्यक्षता रहेको तालिमको समापन कार्यक्रममा तमानखोला गाँउपालिका वडा नं. ३ का अध्यक्ष गिर बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष घर्तीले आफ्ना घर परिवार तथा सामाजिक रुपमा महिलाहरु धेरै पिछडिएको र चुलोचौकोमा मात्र सीमित भएका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी केन्द्रले उक्त शिपमुलक तालिमको आयोजना गरि महिलाहरुको क्षमता अभिबृद्धिमा निकै महत्वपुर्ण भुमिका खेलेको गरेको भन्दै धन्यबाद दिएका थिए । थप बोल्दै उनले केन्द्रले आगामी दिनहरुमा पनि यस्ताखालका अन्य शिपमुलक तालिमको आयोजना गर्न आवश्यकता रहेको समेत बताए ।

यस्तै कार्यक्रममा धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र डि.सि.आर.डि.सी लघुवित्त विभागका अनुगमन अधिकृत रेशमलाल आचार्य, तमानखोला गाँउपालिका वडा नं. ३ का वडा सदस्य गोविन्द बुढा, महिला कल्याण आमा समुहकी उपाध्यक्ष ईन्द्र कुमारी बुढा, आमा समुहकी कोषाध्यक्ष ओम कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रमको सञ्चालन लघुवित्त विभागका लेखाअधिकृत लोकेन्द्र पौडेलले गर्नुभएको थियो ।

केन्द्रले विशेष गरि ग्रामिण भेगका आर्थिक रुपमा विपन्न, पिछडिएका, दलित, आदिवासी, जनजाति समुदायका महिलाहरुलाई घरेलु उद्यम तर्फ आकर्षित गर्ने तथा आत्मनिर्भर बनाउने उदेश्यले यस्ता खालका विभिन्न मुढा बनाउने, चुरा बनाउने, सिलाई कटाई, कुसन डल बनाउने, अगर बत्ती बनाउने जस्ता शिपमुलक तालिम सञ्चालन गर्दै आएको छ ।

यस अघि ढोरपाटन नगरपालिका वडा नं. ६, निसीखोला गाँउपालिका वडा नं. ७ र बडिगाड गाँउपालिकाको वडा नं. १० का महिला सदस्यहरुलाई पनि मैन बत्ती बनाउने तालिम दिई सकिएको थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *