राज्यले १२६ अर्ब शिक्षामा लगानी गरे पनि शिक्षाको गुणस्तर अगाडि नबढेको लोहनीको दाबी !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ माघ २८ । न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय गलकोट नगरपालिका ६ को ३४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस चार दिवसिय बिबिध कार्यक्रम सहित आज सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै निजि तथा आवसीय बिद्यालय संगठन प्याव्सनका केन्द्रिय सचिव मधु लोहनीले निजी बिद्यालयका कारण ग्रामिण क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान भएको बताए । उनले राज्यले १ सय २६ अर्ब शिक्षामा लगानी गरे पनि शिक्षाको गुणस्तर अगाडि बढ्न नसकेको भन्दै राज्यले छात्रबृत्ति, पोसाक तथा खाजा, सामुदायीक र सस्थागत दुवै बिद्यालयलाई समान तरिकाले दिनुपर्ने बताए ।

कार्यक्रममा गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेले बिकासको पुर्वाधार शिक्षा भएकोले सामुदायीक र सस्थागत बिद्यालयलाई समानान्तर र समान हैसियतले अगाडि बढाउन स्थानिय सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा काडेबास स्रोतकेन्द्रका स्रोतब्यक्ति दिनेश पन्त, गलकोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल रामप्रसाद शर्माले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा बिद्यार्थीहरुले न्यु लाईफ दर्पण, शिक्षक अभेन्दु नायक र संगित रेग्मी द्धारा लिखित हामी आफुले आफैलाई चिनौ नाटक प्रर्दशन गरेका थिए ।
उक्त अवसरमा कक्षा पेले गुप्रदेखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले सामुहिक लोकनृत्य प्रस्तुत गरेका थिए ।

बार्षिक उत्सवका अवसरमा माबि स्तरिय बादबिवाद प्रतियोगिता, आधारभुत बिद्यालय स्तरिय आठौ निकेशचन्द्र चोखाल निकेश स्मृति हाजिरीजवाफ प्रतियोगिता, आधारभुत बिद्यालय स्तरिय कवर्डि प्रतियोगिता, प्राथमिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको बिद्यालयले जनाएको छ ।

कुल ९ सय ५२ बिद्यार्थी र ५२ जना शिक्षक कर्मचारी रहेको बिद्यालयमा पुर्व बिद्यार्थी डाक्टर हेमराज रेग्मीले ६ जना बिद्यार्थीहरुलाई पुर्ण छात्राबृत्ति प्रदान गरेको र बिद्यालयले गरिब, जेहेन्दार, दलित, द्धन्दपीडित बिद्यार्थीलाई सरकारी मापदण्ड अनुसार छात्रबृत्ति उपलब्ध गराएको शिक्षक दुर्गा शर्माले बताए ।

कार्यक्रममा पुर्व बिद्यार्थी मेजर डाक्टर बिपिन कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता, शिक्षक भुवानन्द्र गैरेको स्वागत मन्तब्य र साहायक प्रिन्सिपल वीर बहादुर बोहोराको सञ्चालन सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *