Menu

लागु औषध दुर्व्यसनले समाजमा नराम्रो असर पु-याउने हुँदा यस्को रोकथाममा युवाहरु लाग्नु जरुरी !

थम्मन थापा सन्देश, गल्कोट २०७४ माघ २८ ।घुम्टे युवा परिवार गल्कोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको लागु औषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धि जनचेतना मूलक गोष्ठीको उदघाटन गर्दै गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले लागु औषध दुर्व्यसनी विरुद्ध युवा क्लवको भूमिका महत्वपुर्ण हुने बताएकी छन् ।

लागु औषध दुर्व्यसनीले घरपरिवार र समाजलाई नराम्रो असर पुर्याउने भन्दै यस तर्फ सबै सचेत हुनु पर्ने बताउदै उपप्रमुख काउचाले क्लबले जनचेतना मूलक कृयाकलाप आयोजना गर्नु प्रशंसनीय कार्य भएको समेत उल्लेख गरिन। समाजमा हुने विकृति विसङ्गतिको न्यूनिकरणमा युवाहरु एकजुट हुनु आग्रह गर्दै नगरपालिकाले समेत आफनो ठाउबाट सहयोग गर्ने स्पष्ट पारिन।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गोष्ठीमा लागु औषध दुर्व्यसन के हो, यसले गर्ने असर, कुन कुन वस्तुलाई लागू औषध भनिन्छ, कानुनी प्रावधान, दुर्व्यसनमा मान्छे किन फस्छ, त्यसबाट छुटकारा कसरी दिलाउने, अभिभावक, समुदाय र विद्यालयको भूमिका के हुने लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
गोष्ठीको ईलाका प्रहरी कार्यालय गल्कोटका निमित्त प्रमुख मन बहादुर विश्वकर्मा र ईमरजेन्सी पोलिक्लिनिक प्रालि हटियाका डाक्टर राजेश पौडेलले सहजीकरण गरेका थिए ।

गोष्ठीमा जनहित माध्यमिक विद्यालय मल्म, गल्कोट ईङगलिस सेकेण्डरी स्कुल आँगाखेत र प्रगति आधारभुत विद्यालय सप्ताहघाटका ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

गोष्ठी ईलाका प्रहरी कार्यालय गल्कोट हरिचौर र ईमरजेन्सी पोलिक्लिनिक प्रालि हटियाले सहकार्यमा सञ्चालन गरिएको थियो ।
वि।सं २०४१ सालमा स्थापना भएको क्लबले स्थापनाकाल देखि विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आईरहेको छ । अभिमुखीकरण गोष्ठी घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *