मणिपालमा एमबीबीएस तश्रो वर्ष पढ्ने छात्रा ट्रेकिङबाट फर्कदैगर्दा खसेर बेपत्ता !

कास्की, २०७४ माघ २८ । मणिपाल शिक्षण अस्पताल पोखरामा एमबिबिएस तेस्रो बर्षमा अध्ययनरत २१ वर्षीया बिपना उप्रेती ट्रेकिङ गई फर्कने क्रममा हिँजो शनिबार बेपत्ता भएकी छिन् ।

बिहीबार माछापुच्छ्रे गाउँपालिका–९ मा रहेको मर्दी हिमालमा सो कलेजमा अध्ययनरत अन्य पाँच जनासँगै ट्रेकिङ गएकी उनी फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिका–९ देउराली ९तल्लो भ्यू प्वाईन्ट० स्थित बाटोबाट करीब १ सय ५० मिटर तल खस्न गई बेपत्ता भएकी हुन् ।

बेपत्ता भएकी उनको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । निजको घर काठमाडौं महानगरपालिका–३ बसुन्धारा हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *