Menu

बेगनासमा २ दिने सहकारी तथा संस्थागत विकास तालिम सम्पन्न !

कास्की (लेखनाथ), २०७४ माघ २८ । साना किसान कृषि सहकारी संस्था लि. वेगनासको तालीम अध्ययन तथा विकास समितिको आयोजनामा २ दिने सहकारी तथा संस्थागत विकास तालिम एवं सहकारी ऐन –२०७४ अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल कृषि सहकारी प्रादेशिक संघ, प्रदेश नं ४ का अध्यक्ष रामजी प्रसाद अधिकारीले कृषि सहकारीले नयाँ बनेको ऐन अनुरुप कृषि उद्यमशिलता बढाउनुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि, प्रशिक्षक, एवं सीप हस्तान्तरणद्वारा सशक्तिकरण ( नेष्ट), पोखराका अध्यक्ष सूर्यबिनोद पोखरेलले तालीममा सिकेका कुराहरु लाई व्यवहारमा उतारे सहकारी व्यवस्थापन र सहकारीलाई संस्थागत रुपले अगाडि बढाउन मद्घत गर्ने कुरा बताए ।

कूल ५० जना शेयर सदस्य , सञ्चालक र कर्मचारी सहभागीहरु सम्मिलित दुई दिने कार्यक्रममा सीप हस्तान्तरणद्वारा सशक्तिकरण (नेष्ट), पोखराले सहजीकरण गरेको थियो भने उक्त कार्यक्रमलाई नेष्ट का कार्यकारी निर्देशक कृष्ण अवस्थी, जिल्ला पशु विकास कार्यालय कास्की का प्रमुख डा. ठगेन्द्र अर्याल, कास्की जिल्ला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष सुदिप ढकाल लगायतकाले सहजीकरण गरेका थिए ।

साना किसान कृषि सहकारी संस्था लि. वेगनासको तालीम अध्ययन तथा विकास समितिका संयोजक सुरेन्द्र वावु तिवारी को संयोजकत्वमा संचालित दुई दिने कार्यक्रमको औपचारिक कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्था लि. वेगनासका अध्यक्ष भोलानाथ तिवारीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक भरतप्रसाद तिवारी गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *