Menu

सांसद गिरीव्दारा उद्घाटित उवासंघ पर्वतको ३५ औं साधारणसभा सम्पन्न !
कुश्मा बडागाउँ चौरबाट सशस्त्र चण्डिका गण हटाउने आम जनताको चाहना : उबासं अध्यक्ष लामिछाने

पर्वत २०७४ माघ २८ । पर्वत उवासंघले ३५ औं साधारणसभा शनिवार सदरमुकाम कुश्माको आफ्नै हलमा सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्योग वाणिज्यसंघ जस्तो उद्योगी र व्यापारीको साझा संगठनले स्थानीय संभावनाहरुको पहिचान गरी स्थानीय उत्पादनमा जोड दिने खालका उद्यमहरुमा लगानी गरे मात्र राष्ट्रिय स्वावलम्वन अर्थतन्त्रको विकास र पूँजी निर्माणमा योगदान गर्न सक्ने बताए ।

स्थानीय उत्पादनको वृद्धि हुन सकेमा मात्र विदेशबाट आयातित हुने वस्तु तथा सेवा प्रतिस्थापित भै मुलुकमा रोजगारी सृजना हुने हुँदा यसमा व्यवसायीले ध्यान पुराउनु पर्ने गिरीले सुझाए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश नं.४ का अध्यक्ष सन्जीव बहादुर कोइरालाले देउवा सरकार उद्योगी व्यवसायी विच फुट ल्याउन र नेपाल उद्योग वाणिज्य महासंघलाई कमजोर पार्न लागि परेको आरोप लगाए । सरकारले च्याम्वर अफ कमर्शलाई मन्त्री परिषदकै क्याविनेटबाट केन्द्रिय संघको हैसियत प्रदान गर्नु महासंघलाई कमजोर पार्ने दाउ रहेको उनको भनाई थियो । सरकारले व्यवसायीहरुबाट कर मात्र उठाउन तिर नलागेर कसरी व्यवसायीको लगानी सुरक्षित बनाउने भन्नेतर्फ समेत ध्यान दिनुपर्नेमा अध्यक्ष कोइरालाले जोड दिए ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव विश्वप्रकाश प्रसाईले कर कार्यालयहरु भूत घर जस्तै भएको आरोप लगाउदै भूतसँग मान्छे डराए जस्तै गरी व्यवसायीहरु कर कार्यलयका कर्मचारीसँग डराउनुपर्ने अवस्था रहेको सचिव प्रसाईको भनाई थियो ।

कार्यक्रममा बोल्दै उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले जिल्लाकै महत्वपूर्ण खेलमैदानको रुपमा रहेको सदरमुकाम कुश्माको बडागाउँ चौरबाट सशस्त्र चण्डिका गण हटाउन सवै जनताको चाहना रहेको र यसको नेतृत्व जनप्रतिनिधिले लिनका लागि आग्रह गरे ।

स्मरणीय छ,२०५७ सालमा चण्डिका सशस्त्र प्रहरी गणले त्यो मैदान कब्जामा लिएपछि यहाँ कुनै खेलाडी पस्ने वातावरण बन्न सकेको छैन । तीन सय रोपनीमा फैलिएको खेलमैदानमा डेढ दशक अघी सम्म राष्ट्रियस्तरका एथलेटिक्स, फुटबल र भलिबलका प्रतियोगिता आयोजना गरिदै आएको थियो ।

सदरमुकाम कुश्मालाई कर्मभूमि बनाएर उच्च तहमा पुग्ने राजनीतिक नेतृत्व र व्यवसायीहरुले यसको आर्थिक समृद्धि र हितका लागि ज्ञादी र बलेवा तिर जोड्ने स्थायी प्रकृतिको मोटरेवल पुल निर्माणमा लाग्नुपर्ने बेला आएको उनको भनाई थियो ।

आगामि १६ औं अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । उवासंघ पर्वतका स्थायी साधारण सदस्यहरुको संख्या १४९२ रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *