महिलाको यौन हिंसामा परेको भनिएका पुरुषको मुत्र थैलीमा भेट्टियो अर्को विमार !

प्रेम सुनार, गुल्मी, २०७४ माघ २८ । गत माघ १ गते गुल्मी जैसीथोक गाउँकी एक महिलाले स्थानिय एक पुरुषको लिङ्ग बटारेर अस्पताल भर्ना गरिएको भनिएका पुरुषलाई अर्को विमार देखा परेको जनाईएको छ ।

धुर्र्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोक निवासी नाम गोप्य राखिएका ४० वर्ष उमेर नाघेका एक पुरुषलाई स्थानिय एक महिलाले लिङ्ग बटारेर घाईते भएको भन्दै जिल्ला अस्पताल तम्घासमा भर्ना गरिएको थियो ।

उनलाई त्यहाँबाट थप उपचारका लागि भरतपुरको एक अस्पतालामआ रिफर गरिएको र उनलाई क्यान्सर रोग फेला परेको जनाईएको छ । जिल्ला प्रहरी
कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार नाम गोप्य राखिएकी ती महिलाले लिङ्ग बटारेको भनिएको जानकारी प्रहरीमा आएको र उनलाई त्यही क्रममा अस्पतालमा भर्ना गरेपछि उनको मुत्र थैलीमा मासु पलाएर क्यान्सर रोग देखा परेको छ ।

प्रहरी निरीक्षक चौधरीले भने – ‘ती महिलाले जिस्किएर त्यसो गरेको भन्ने जानकारी हामी कहाँ आएको छ तर त्यही कारणले उनि यतिका दिन सम्म अस्पताल भर्ना भएका होईनन् , उनिमा रहेको पुरानो क्यान्सर रोगका कारण भर्ना भएका हुन् । ’

त्यहाँका जनप्रतिनिधीहरुले ती एक महिला बाहेक त्यस घटनामा अरु महिलाहरु पनि थिए भन्ने कुराको खण्डन गरेका छन् । भित्र भित्रै गाउँ मै मिलाउन खोजिएको यस घटनाको समाचार बाहिर आउन साथ त्यहाँका केहि जनप्रतिनिधीहरु तनावमा रहेको स्थानियवासीले बताए ।

जव कि यसै गुल्मीमा आफ्नै ६ वर्षिया छोरीलाई वावुले बलात्कार उद्योग गरेको भन्ने प्रहरीमा उजुरी र समाचार आउछ भने महिलाले पुरुषलाई त्यसरी गरेको यौन दुव्र्यवहारको कुरा वाहिर किन आउन नहुने ?

यो सवाल पनि स्थानिले गरेका छन् । पारिवारिक समस्या मिलाउन कतिपय समाज सेवीहरुले यस घटनालाई भित्र भित्रै मिलाउन खोजे पनि यसबाट भोलीका दिनमा अपराधिक मनोबृद्धिले बढवा पाउने भएकाले गम्भीर छानविन हुनु पर्ने धेरैको धारणा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *