रेडियोले बसालेको जगलाई ढल्न नदिने नगर प्रमुख सापकोटाको प्रतिवद्धता

कौरव खत्री, गुल्मी २०७४ माघ २८ । गुल्मीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जलीको भवनको शनिवार शिलन्यास गरिएको छ .

मुसिकोट नगरपालिका ७ पल्टारमा निर्माण हुन थालेको भवनको मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले शिलान्याश गर्दैे रेडियोले बसालेको जगलाई थप बलियो बनाउदै यसलाई ढल्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

रेडियोलाई नगरपालिकामै नमुना रेडियो बनाउन नगरपालिकाबाट सक्दो सहयोग गर्ने बचन दिँदै रेडियो सामुदायिक भएकोले रेडियो स्वतन्त्र भएर चल्नु पर्ने उनको भनाई थियो । उनले मिडियाले नगरपालिकाका हरेक कामकाजमा झकझकाउन पर्ने पनि बताए ।

मुसिकोट नगरपालिका ७ वामी पल्टार निवासी गोबिन्द सापकोटाद्धारा निशुल्क रुपमा प्रदान गरिएको जग्गामा रेडियोले भवन निर्माणको कार्य प्रारम्भ गरेको हो ।

जिल्लामा आफ्नै भवन निर्माण गर्ने रेडियो पहिलो हो । हालसम्म कुनै पनि रेडियोको आफ्नै भवन छैन .। सबै रेडियोहरु भाडाको घरबाट सञ्चालनमा आइरहेका छन ।

स्थापना कालको ५ बर्ष नपुग्दै रेडियोले आफ्नो भवन निर्माण गर्न सुरु गरेको हो । रेडियो अहिले वामी तल्लोबजार सरस्वती टोलमा भाडाको घरबाट सञ्चालन हुदै आइरहेको छ .।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *