काठेखोलाको खबर : जग्गा बाँझो राख्नेलाई जरिवाना !

बागलुङ २०७४ माघ २८ । काठेखोला गाउपालिका ७ साबिक रेश गाविसले बाँझो जग्गा राख्नेलाई तीन गुना बढी राजश्व असुल्ने बताएकोछ । तीन गुणा राजस्व तिर्दासमेत जग्गा बाँझै रहेमा वडाले अधिग्रहण गर्ने र व्यावसायिक खेती गर्नेलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

काठेखोला गाउँपालिकाले आठै वडाका बाँझो जग्गालाई उत्पादन योग्य बनाउने नीति लिएको र यसको थालनी वडा ७ बाट सुरु भएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

गाउँको चार सय हेक्टर बाँझो जमिनलाई आगामी दुई वर्ष्भित्र उत्पादनमूलक काममा लगाउने गरी काम थालिएको वडा अध्यक्ष प्रेम लामिछाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *