दोभान बचत तथा ऋण सहकारी संस्था सेराको छौँठो साधारणसभा सम्पन्न !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ माघ २८ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढोरपाटन नगरपालिका २ सेराको
छैठो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सञ्चालक समितीका अध्यक्ष ददिराम शर्माको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकार समिती, बिभिन्न उपसमिती, सञ्चालक समिती पदाधिकारी, पत्रकार, सेयर सदस्य लगाएतको उपसस्थिती रहेको थियो ।

कार्यक्रममा सञ्चालक समिती अध्यक्ष ददिराम शर्माले कार्यक्रमको उद्घाटन गर्दे आफुहरु गा्रमिण क्षेत्रका कृषक, मजदुर, गरीवीको रेखामुनि रहेका जनतासंग सेयर संकलन गरी ४१ ह्जार रुपैयाबाट सुरुवात गरिएको सहकारीले हालसम्म करीब ८५ लाख रुपैयाको कारोबार गर्न सफल भईसकेको बताउदै आगामी दिनमा सेयर सदस्यको सक्रियतालाई बृद्धि गरी सेयरकै हितकर्धक बिभिन्न कार्यक्रम र योजना लिएर अगाडि बढ्ने बताए ।

सहकारीमा ऋण लग्ने र तिर्ने क्रममा बेवास्ता गर्ने प्रबृत्ति हावी भएका कारण त्यस्ता कृयाकलापमा सरिक नबन्न सेयरसदस्यलाई आग्रह समेत गरेका थिए ।
सहकारीले यस आर्थिक बर्षमा १ सय ३७ सेयर सदस्यबाट ८७ लाख २१ हजारको कारोबार गर्दे १० लाख ४१ ह्जार ४ सय ६४ आम्दानी , ४ लाख ३६ हजार ४ सय ६० खर्च कटाई ६ लाख ५ हजार ४ रुपैया मुनाफा गर्न सफल भएको लेखा समितीका सदस्य जितबहादुर कुवंरद्धारा प्रस्तुत गरीएको प्रतिबेदनमा उल्लेख गरीएको छ ।

कार्यक्रममा ऋण लगानी संयोजक सिवलाल सुबेदीद्धारा ऋण लगानी , लेखा समिती सदस्य जितबहादुर कुवंर द्धारा आर्थिक अबस्थाप्रतिबेदन, कोषा्ध्यक्ष बालसम कुवंरद्धारा आर्थिक अबस्था र भावि आर्थिक योजना तथा सचिब चुडामणि भुषाल द्धारा प्रगती तथा भावि योजना बिषयक प्रतिबेदन प्रस्तुत गरीएको थियो । कार्यक्रम ऋण समिती सदीय जितबहादुर कुवंरको स्वागत संस्थाका सचिबचुडामणि भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *