Menu

बुर्तिबाङमा जेष्ठ नागरिक क्लबको बैठक सम्पन्न

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ माघ २८ । बुर्तिबाङमा गठित जेष्ठ नागरिक क्लबको बैठक सम्पन्न भएको छ ।

समितीका अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले बुर्तिबाङ स्तरीय जेष्ठ नागरीक क्लब दर्ता गर्ने, जेष्ठ नागरिकहरुलाई बैठक तथा भेला बस्न, तथा आराम स्थलको रुपमा भवन बनाउनका निम्ती आबश्यक जग्गा खोज्ने, जेष्ठ नागरीकपरिचय पत्र बनाउन अनुरोध गर्ने लगाएतका निर्णय गरेको छ ।

बैठकमा क्लबलाई जग्गा उपलब्ध गराउनका निम्ती तुल्सिराम अर्याल संयोजक रहने गरीशोभाखर खनाल, धिरप्रताप सिंह, नरबहादुर केसी, चन्द्रकान्त आचार्य रहेकोजग्गा ब्यबस्थापन समिती गठन गरिएको छ ।

त्यस्तै ढोरपाटन नगरपालिका वडा नं १ का अध्यक्ष चित्र भण्डारीको संयोजगत्वमा ७ सदस्यीय आर्थिक उपसमिती गठन गर्ने निर्णय गरीएको छ । त्यस्तै धीरप्रताप सिंहलाई जेष्ठ नागरिक परिचय पत्र बनाउनका निम्ती अनुरोध गर्ने लगाएतका निर्णय गरीएको जेष्ठ नागरीक क्लब बुर्तिबाङका सचिब चन्द्रकान्त आचार्यले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *