आफुले अक्षर चिनेको विद्यालयलाई पूर्व विद्याथीहरुव्दारा रु ७५ हजार आर्थिक सहयोग

निर्मल पौडेल पर्वत २०७४ माघ २७ । वैदेशिक रोजगारीका लागि अमेरिका पुगेका यहाँका युवाहरुले कुस्मा नगरपालिका ७ स्थित खरेहा प्राथामिक विद्दालय लाई रु ७५ हजार आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक र भौतिक स्तिथी सुधार गर्नका लागि युवाहरुले सामुहिक रुपमा सहयोग गरेका हुन ।

शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानध्यापक नारायण गिरी लाई कु.न.पा.७ निवासी समाजसेवी शिक्षाप्रेमी खेमनाथ शर्माले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा वोल्दै समाजसेवी शर्माले विद्यालयको भौतिक तथा शैक्षिक स्थिती सुधारका लागि प्रवासी युवाहरुले गरेको सहयोग सहनिय भएको वताए ।
सहयोग रकम वुझ्दै विद्यालयका प्रअ नारायण गिरीले तन प्रवासमा भएपनि मन गाउँमा भएका युवाहरुलाई धन्यवाद दिए ।

विद्यालयलाई खरेहा घर भई हाल अमेरीका रहेका दिवाकर पौडेल दिपक ले रु १५ हजार ,सुनिल पौडेलले रु १५ हजार, आशिष पौडेलले रु १० हजार, त्यस्तै सुमन श्रेष्ठले रु १५ हजार, ,सुरज क्षेत्रीले रु १० हजार विनोद शर्मा पौडेल कान्छोले रु ५ हजार र सुनिता शर्माले रु ५ हजार गरी कुल ७५ हजार एकमुष्ठ रुपमा आर्थिक सहयोग गरेका हुन् । आफुले अक्षर चिनेको विद्यालयलाई थोरै मात्रामा भएपनि सहयोग गर्न पाउँदा निकै हर्षित भएको भूतपुर्व विधार्थी तथा सहयोगी सुनिल पौडेलले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *