Menu

बागलुङ प्रतिवद्धता–पत्र जारी गर्दै व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

सुमन जि.सी. बागलुङ २०७४ माघ २७ । बागलुङ बजारमा हिजो देखि सुरुवात भएको सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम ९ बुदे बागलुङ प्रतिवद्धता–पत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ ।

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङद्धारा आयोजित तालिम कार्यक्रम समापनका क्रममा सहभागिहरुले जारी प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरी त्यसमा उल्लेख बुँदाहरु आ–आफ्नो संस्थामा लागु गर्ने प्रतिवद्धता जनाएका थिए ।

जारी प्रतिवद्धता पत्रमा आ–आफ्नो सहकारी संस्थाको व्यवसायिक योजना तर्जुमा गरी लागु गर्ने, सस्थालाई अति आवश्यक कम्तिमा १० वटा नीति बनाउने, सदस्यहरुको लागि आवश्यक कम्तिमा ५÷५ वटा बचत र ऋणका प्रोडक्ट डिजाईन गरी बजारीकरण गर्ने, कुल सदस्यको कम्तिमा ३३% गरिबीको रेखामुनी रहेका व्यक्तिहरुलाई सदस्य बनाई सेवा प्रदान गर्ने, सहकारी ऐन २०७४ र सम्पत्ति सुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तिय लगानी निवारण सम्बन्धी निर्देशिका लागु गर्ने, जोखिम नियन्त्रण गर्दै सुरक्षित संस्था निर्माण गर्ने, दीगो विकासका लक्ष्य प्राप्त गर्न योगदान गर्ने कार्ययोजना बनाउने, संस्थाको गतिविधि तथा वित्तिय प्रतिवेदन सवैले देख्ने गरी डिस्प्ले गर्ने र मानव संसाधन विकासका लागि चरणवद्ध तालिम प्याकेजमा भाग लिने लगाएतका बुदाँहरु समावेश छन् ।

मुख्यतया बचत तथा ऋणको व्यवस्थापनका तौर तरिका तथा व्यवस्थापकमा लुकेको व्यवस्थापकीय क्षमतालाई बढाउने उद्देश्यका सञ्चालीत तालिम कार्यक्रमको समापनका क्रममा जिल्ला सहकारी संघ लि. बागलुङका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, सचिव तेजेन्द्र थापा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, बचत तथा ऋण सहकारी संघ लि. बागलुङका कोषाध्यक्ष विरवहादुर किसान, तालिम कार्यक्रमका प्रशिक्षक कृष्णकुमार श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता र सचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न् कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दी जिल्लाका ४६ वटा संस्थाका ५० जनाको उपस्थिती रहेको थियो ।

२ दिनसम्म सञ्चालीत तालिममा साकोसको व्यवसायक के हो? यसका सिद्धान्त र आधारभुत मूल्य मान्यताहरु के के हुन ?, सहकारीको व्यवस्थापक को हो ? सहकारीको बृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसंग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दीगो सहकारीको लागि व्यवस्थापकको भूमिका, बजार आयाम तथा सदस्यहरुको समृद्धि निर्माण, लगानी जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन, रणनीतिक योजना तुर्जमा प्रकृया र कार्यान्वयन तौरतरिका, दीगो विकास लक्ष्य प्राप्तीमा सहकारीको भूमिका लगाएतका विषयमा प्रशिक्षक श्रेष्ठले प्रशिक्षण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *