‘स्वास्थ्य र धन जोगाउन स्थानीय उत्पादनको प्रयोग गरौ’ : जीसी

पर्वत, २०७४ माघ २७ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले आयातित वस्तुको प्रयोगले मानिसको स्वास्थ्यमा समस्या थपिनुका साथै धन समेत खर्च हुने भएकाले स्थानीय स्तरमै उत्पादन हुने वस्तुको बढी प्रयोग गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य र धन दुवै विगार्ने खालका खाद्य तथा तरकारीजन्य पदार्थको प्रयोग रोक्नका लागि सहकारी संघ संस्थाहरुले अभियान सञ्चालन गर्नु पर्नेमा उनको जोड थियो ।

सञ्जिवनी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड मोदी गाउँपालिका वडा न २ पर्वतले शनिवार आयोजना गरेको एक दिने आधारभूत सहकारी तालिम कार्यक्रममा जिसीले यस्तो बताएका हुन ।

पछिल्लो समय मानिसहरुको आकर्षण प्याकिङ भएर आउने वस्तुतर्फ बढेको भन्दै उहाँले आफ्नो घरमा उत्पादन भएका पोषिला वस्तुहरु खेर जाने र विषादीको प्रयोग भएका बाहिरी वस्तुको सेवनले स्वास्थ्य अवस्था कमजोर बनाउनुका साथै धन समेत खर्च हुने भएकाले सचेत रहन उनको आव्हान थियोे ।
सहकारीहरुले वचत तथा ऋणका साथै गाउँ घरमा उत्पादन हुने तरकारी लगायत खाद्यान्नका बारेमा सचेतना प्रदान गर्नु पर्नेमा जोड दिदै उहाँले पहिचान र उत्पादनमा ध्यान नदिएका कारण थुप्रै पोषिला स्रोत खेर गरहेको उनले बताए । हामीसंग भएका राम्रा चिजहरु खेर जाने र विषादी प्रयोग भएका र स्वास्थ्यलाई असर गर्ने वस्तुहरु खरिद गरेर खाने बानीको अधिकतम विकास भएकाले यसलाई बेलैमा रोक्न नसके दिर्घ रोगीहरुको संख्या दिन प्रतिदिन बढ्ने उनको भनाइ छ ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सागर जिसीले सहकारीमार्फत आर्थिक विकाससंगै सामाजिक रुपान्तरणमा सबैको ध्यान जानु पर्नेमा जोड दिए ।

संस्थाका सञ्चालक, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्य र कर्मचारी गरी ५० जनाको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीलाई दीगो रुपमा सञ्चालनका लागि शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, सहकारी ऐन २०७४ र यसले सहकारीमा पार्न सक्ने प्रभाव लगायत सहकारी मार्फत समाज रुपान्तरणको विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष बाबुराम तिमिल्सिना अध्यक्षता उपाध्यक्ष शान्ति पौडेलको स्वागत र सचिव देवबहादुर कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *