Menu

आदर्श सञ्चारको श्रद्धाञ्जली सभा !

रबिना बोहरा, बागलुङ, २०७४ माघ २७ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका परिवारका सदस्यको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत रकम हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ धौलागिरि चोक स्थित शेयर सदस्य गंगा श्रेष्ठको सासुआमा मिठु कुमारी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
संस्थाले १२ औं पूण्य तिथि पारेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो । संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संस्थाका उपाध्यक्ष अञ्जु जिसी, सचिव प्रेम लामिछाने, सहसचिव ललिता थापा, सञ्चालक शान्ति श्रेष्ठले स्वर्गीय श्रेष्ठका परिवारकी गंगा श्रेष्ठलाई सहयोग रकम तथा श्रद्धाञ्जली वक्तत्व हस्तान्तरण गरेका थिए।
आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा सहसचिव ललिता थापाले शोक व्यक्तव्य वाचन गर्दै स्वर्गीय श्रेष्ठले समाज रुपान्तरणमा गरेको योगदानका चर्चा गरेकी थिईन । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन आदर्श सञ्चार सहकारी संस्थाका सचिव प्रेम लामिछानेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *