Menu

एक महिलाले परपुरुषको संवेदनशील अंग खेलाई बलात्कार गर्न खोजेको घटनाले गुल्मीमा सनसनी !

प्रेम सुनार, गुल्मी २०७४ माघ २७ । गुल्मीमा एक महिलाले एक पर पुरुषको संवेदनशील अंग खेलाई दिएर बलात्कार (सहवास) गर्न खोजेको घटनाले सनसनी मच्चाएको छ ।

स्थानियका अनुसार पीडित एकदमै सोझा व्यक्ति हुन् । उनले दुुई वटी श्रीमती विवाह गरेको भए पनि उनीहरुलाई वास्ता नगरेपछी दुबै पत्नीहरुले छाडेर गएका हुनाले पीडित व्यक्ति हाल भाई वुहारी संग वस्दै आएका छन् ।

झण्डै एक महिना पहिलेको यो सनसनीपूर्ण घटना एकदुई दिन पहिलेमात्र चर्चामा आएको हो । घटना गत माघ १ गते घटित भएको बताईएको छ । श्रोतका अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा पीडितकै भाई बुहारीले जेठाजुसंग बलात्कारको प्रयास गरेको र संवेदनशील अंग निमोठ्दिएको उजुरी गरेको बताईएको छ । धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापा संग सम्पर्क राख्दा उनले त्यस्तो उजुरी परेको बताए ।

उनले भने–‘अहिले ती पुरुषको उपचार भई रहेको हुँदा डाक्टरको रिर्पोट नआए सम्म अनुसन्धानकै्र क्रममा छ , मैले जिल्लामा डिएसपी सावलाई समेत
जानकारी गराई सकेको छु ।’

वडाध्यक्ष मानबहादुर कुँवर संग सम्पर्क राख्दा उजुरी आएको स्वीकार्दै उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । कुँवरले दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष भएको बताए ।

घटना विवरण अनुसार माघ १ गते पीडित पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ती मध्येकी एक महिलाले ती पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अत्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको पीडितले बताएका छन् । उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ ।

वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा गम्भीर असर परे पछि उनलाई जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराई रहेका छन् ।

ती महिलाले सुरुमा मैले उपचार खर्च ब्यहोर्छु , थाना चौकी नगराउ भनेको तर अहिले मैले होईन भन्ने गरेको एक जनप्रतिनिधीले बताए । ती महिलाका
श्रीमान भारतमा रोजगारीमा रहेका छन् । उनिहरु दुवै दलित समुदायका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *