Menu

बागलुङ जिल्लालाई सहकारीको तिर्थस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको सञ्चालक पौडेलको उद्घोष !

सुमन जि.सी. बागलुङ, २०७४ माघ २६ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले बागलुङ जिल्लालाई सहकारीको तिर्थस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा शुक्रवार देखि बागलुङ बजारमा सञ्चालित सहकारी संस्थाहरुका व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् ।

अहिले पनि वार्षिक रुपमा सहकारीको अध्ययन अवलोकन भ्रमणका लागि देशभरबाट करिब ३ देखि ४ हजार मानिसहरु जिल्लामा भित्रीने गरेको बताउदै पौडेलले यो संख्यालाई अझ धैरै बृद्धि गर्न जिल्ला स्थित सहकारी संस्थाहरुले आफुलाई समयसापेक्ष व्यवस्थीत, गुणस्तरीय र प्रतिस्पर्धि बनाउदै लग्नुपर्ने धारण राखेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. बागलुङका अध्यक्ष दुर्गा कुँवर लगाएतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बागलुङ, पर्वत र म्याग्दी जिल्लाका ४६ वटा संस्थाका ५० जनाको उपस्थिती रहेको तालिम कार्यक्रम विशेष गरेर बचत तथा ऋणको व्यवस्थापन कसरी गर्ने तथा व्यवस्थापकमा लुकेको व्यवस्थापकीय क्षमतालाई बढाउने उद्देश्य रहेको तालिम कार्यक्रमका प्रशिक्षक एवं जनसचेतन साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

शनिवार सम्म सञ्चालन हुने तालिममा साकोसको व्यवसायक के हो? यसका सिद्धान्त र आधारभुत मूल्य मान्यताहरु के के हुन ?, सहकारीको व्यवस्थापक को हो ? सहकारीको बृद्धि तथा विकास र गुणस्तरीय सेवा सुनिश्चितताको लागि व्यवस्थापकको भूमिका, व्यवस्थापकसंग हुनु पर्ने ज्ञान, सीप र क्षमता, दीगो सहकारीको लागि व्यवस्थापकको भूमिका, बजार आयाम तथा सदस्यहरुको समृद्धि निर्माण, लगानी जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन, रणनीतिक योजना तुर्जमा प्रकृया र कार्यान्वयन तौरतरिका, दीगो विकास लक्ष्य प्राप्तीमा सहकारीको भूमिका लगाएतका विषयमा प्रशिक्षण हुने प्रशिक्षक श्रेष्ठले बताए ।

तालिम उद्घाटन सत्र संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, सञ्चालक चिनीमायाँ काला मगरको स्वागत र कोषाध्यक्ष वीरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *