Menu

शिक्षण विद्यार्थीले बिदाईमा दिए बिद्यालयलाई सुझाव पेटिका !

शान्त खत्री मौसम, बागलुङ (ताराखोला)२०७४, माघ २६ । बागलुङ हरि माध्यमिक बिद्यालय ताराखोला गाउँपालिका वडा न । ३ बाट अभ्यास शिक्षणको क्रममा कांक्राखोर आधारभूत बिद्यालयमा आएका ६ जना बिद्यार्थीलाई बिद्यालयले एक कार्यक्रम गरि बिदाई गरेको छ ।

सोहि बिदाईको क्रममा बिद्यालयका प्रधानाध्यापक धर्मदत्त उपाध्ययलाई बिदाई हुने विद्यार्थीले मायाको चिनो स्वरुप सुझाव पेटिका हस्तान्तरण गरेका थिए । बिद्यालयको कामकारवाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारेमा विद्यार्थी , अभिभावक ,शिक्षक गुनासो र उजुरी गर्न सहज होस भनि उजुरी पेटिका वा गुनासो पेटिका बिद्यालय लाई प्रदान गरेको अभ्यास शिक्षणका संयोजक शान्त खत्री मौसमले बताए । अभ्यास शिक्षणको क्रममा संचालन गरिएको अतिरिक्त क्रियाकलापको पुस्कार समेत विद्यार्थीलाई प्रदान गरिएको अभ्यास शिक्षण सदस्य कृष्ण निउरेले बताए ।

बिद्यालयले पनि बिदाई विद्यार्थीलाई मायाको चिनो स्वरुप डायरी प्रदान गरेको थियो । बिद्यालयको तर्फबाट शिक्षिका रमा भट्टराई र शिक्षक शशिदत्त पाध्यायले शिक्षण अभ्यासको क्रममा विद्यार्थीले राम्रो भुमिका निर्वाह गरेको बताउदै सधै साथको अपेक्षा रहेको कुरामा जोड दिदै धन्यवाद मन्तव्य राखेका थिए भने बिदाई हुने बिद्यार्थीको तर्फबाट उमा खत्री, कृष्ण निउरे र शान्त खत्रीले बिदाई मन्तव्य राख्दै अभ्यास शिक्षणको क्रममा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रम बिधालय व्यवस्थापन समितिका सदस्य पदमपानी निउरेको अध्यक्षता प्रधानाध्यापक धर्मदत्त उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *