Menu

हराएकी श्रीमती खोजिदिन श्रीमानको अपील !

भरत प्रसाद सापकोटा, बागलुङ २०७४ माघ २६ । बिहुँ धरमदासकी एक महिला माघ २१ गते देखी बेपत्ता भएकी छन् । ६ छोरी र १ छोराकी आमा रुपा कँडेल बेपत्ता भएपछी उनको परिवार चिन्तामा छ । उनका श्रीमान नाराणदत्त कँडेलले प्रहरीमा रुपा हराएकोले सोधखोजका लागि आग्रह गरेको बताउदै ईष्टमित्र, नातागोता, सन्चारकर्मी सबैसंग श्रीमतको खोजीकार्यमा सहयोगको अपील गरेका छन् ।

श्रीमान नारायणदत्त कँडेलले रुपाको पहिले मानसिक सन्तुलन राम्रो नभएपनि पछिल्लो समय त्यस्तो नराम्रो केहि नभएको बताउदै सबैसंग खोजिदिन आग्रह गरेका हुन् । उनकी विवाहिता छोरी शान्तिले आमा हराएको थाहा पाएदेखी मनमा छटपटी भएको बताउदै आमाको खोजीमा कसैले चासो नदेखाएकोमा चिन्ता लागेको बताईन् । उनले आमाको खोजीगर्न सबैले सहयोग गर्न अपील गरेकी छन् ।

रुपाका श्रीमान कँडेलले विहान सम्म सबै राम्रै थियो, राम्रसंग खाना खुवाएकी थिईन भन्दै एक्कासी बेपत्ता हुँदा परिवारको बिचल्ली भएको बताए । उनले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा फोन नं ९८४७७०५७१२ खवर गरिदिन आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *