निसीको झिवाखोलामा उँखु पेल्नेको लाम…

बुर्तिवाङ २०७४ माघ २६ । यो उँखु पेल्ने सिजन हो । गाउँघरका किसानहरु गरा, पाटा, करेसावारीमा लगाएका उँखु काटेर पेल्नको लागी यतिबेला कोल र मिल खोज्दै हिँड्ने बेला हो ।

गाउँघरमा परम्परा देखी कोलमा उँखु पेल्ने चलन प्राय: लोप भएको छ । तेल पेल्ने, उँखु पेल्ने काठका कोलहरु लोप भएपछि तोरी र उँखुको खेतीकिसानीहरु अहिले मिलहरुमा लगेर पेलेर ल्याउने गर्छन् ।

यो तस्वीरमा देखिएको उँखु पेल्ने मेशिन तिसीखोला गाउपालिका-४ झिवाखोलाको हो । हिँजो बिहीवार यस मिलमा उँखु पेल्न आउने किसानहरुको निकै ठुलो भीड थियो । महिलाव्दारा सन्चालन गरेका बिद्युतीय मिलमा उँखु पेल्न आएकाहरुले घण्टौ पालो कुर्नु परेको प्रतिकृया दिएका थिए ।

उँखुको रसबाट गाउँघरमा खुदो बनाईन्छ र यसबाट विभिन्न प्रकारका खाद्य सामाग्री बनाउने काम गरिन्छ । गुलियोको लागि प्रयोग गरिने खुँदोको गुँड, रोटी बनाएर खाने चलन गाउँघरमा छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *