बडीगाडको दर्लिङमा वडास्तरीय कृषि समुह गठन

खेमराज अर्याल, बुर्तिवाङ २०७४ माघ २६ । बडीगाड गाँउपालिकाको वडा नम्बर १० दर्लिङमा स्थानिय कृषकहरुको भेलाले वडा स्तरीय कृषि समुहको गठन गरेको छ । वडा अध्यक्ष वीरेन्द्र बुढा र वडा नम्बर ९ र १० का पशु स्वास्थ्य प्राविधिक सन्देप केसीको विशेष उपस्थितीमा भएको भेलाले आसा थापा गुरुङको अध्यक्षतमा ९ सदस्यिय कृषि समुह गठन गरिएको हो ।

समुहको उपाध्यक्षमा झरना बुढा सचिवमा नविन विक कोषाध्यक्ष जित बहादुर बुढा र अन्य सदस्यहरुमा धन वहादुर बुढा गोमी विक तेल्सिङ बुढा भिम वहादुर पुन हिम वहादुर थापा रहेका छन् । समुहले यही माघ २७ गतेबाट वडा नम्बर १० को हरेक टोलमा टोल स्तरीय उपसमिति गठन गर्ने छ ।
वडा नम्बर १० मा कृषि क्षेत्रमा विनियोजित १० लाख रुपैयाँबाट वडा अध्यक्ष बुढाको मातहतमा रही किसानका लागी घुम्ती कोष सञ्चालन गर्ने पशु स्वास्थ्य प्राविधिक सन्देप केसीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *