प्रवास : एनआरएन बेल्जियमको पहलमा शीतलहर पीडितलाई आर्थिक सहयोग !

दिपेन्द्र केसी, बेल्जियम २०७४ माघ २५ । हालै शीतलहरका कारण नेपालको मध्य तराईमा कैंयोले ज्यान गुमाएका तथा पीडित भैरहेको अवस्थामा एनआरएन बेल्जियमको मानवीय सहयोग कार्यक्रम अन्तर्गत एनआरएनकै आव्हानमा स्थानीय रुपमा नेपाली व्यक्ति तथा सँस्थाहरुको सहभागितामा सँकलित रकम नेपाल पठाइएको छ ।

काठमाडौंमा स्थित एनआरएनको केन्द्रीय सचिवालय मार्फत मध्य तराईका पत्रकार तथा स्थानीय प्रमुख जिल्ला अधिकारी मार्फत सो रकम वा आवश्यकता अनुरुप सामाग्री पीडितहरुलाई वितरण गरिने छ । सँकलित रकम र विवरण आजै एनआरएन बेल्जियममले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

त्यसैगरी नेपाली राजदूतावासको आयोजनमा पर्यटन प्रवद्र्धनका लागि गरिएको एन्तोर्पेन एक्स्पो तथा व्रसेल्स होलिडे फेयर पनि सम्पन्न भएको छ ।

गैह्र आवासीय नेपाली संघ बेलिज्यमको प्रेस बक्तव्य ।

आदरणीय बेल्जियमबासी नेपाली समुदाय तथा क्रियाशील सहयात्री सँघसँस्थाहरु,

नेपाली राजदूतवास बेल्जियमको आयोजन, एनआरएन बेल्जियमको संयोजन तथा बेल्जियमस्थित नेपाली सँघसँस्थाहरु तथा नेपाली समुदायको हािर्दक सहयोगमा विगतमा झैं यस वर्ष पनि गत जनवरी २५ – २८ एन्तोर्पेन एक्स्पो तथा यही फेब्रुअरी १- ४ सम्म ब्रुसेल्स होलिडे फेयरमा नेपालको पर्यटन प्रवद्र्धन तथा साँस्कृतिक प्रसारका लागि सहभागिता रहेको विदितै छ । प्रवासमा रहेर पनि राष्ट्रिय पर्यटन तथा आर्थिक उत्थानका लागि बेल्जियममा नेपाली समुदायले पुर्याएको योगदान अविस्मरणीय छ । सम्पन्न एक्स्पो तथा फेयरमा यहाँहरुले देखाउनु भएको सक्रियता तथा सहयोगका लागि एनआरएन बेल्जियम हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यी कार्यहरु सम्पन्न गर्न बेल्जियमका लगभग सवै नेपाली तथा सँघसँस्थाहरुको प्रशंसनीय भूमिका रह्यो । आर्थिक पारदर्शिताका लागि अflर्थक सहयोग गर्नुहुने विभिन्न सँघसँस्था तथा व्यक्तिहरुको विवरण यसै वक्तव्य मार्फत सार्वजनि गरिएको छ । धन्यवाद ।
सहयोगीहरुको विवरण यसप्रकार छ सन्तोष न्यौपाने ५१, जनसम्पर्क समिति १००, साँग्रिला समाज १००, तमुधीं १००, नेपाल ब्रसेल्स मिलन केन्द्र १००, यूरो नेपाल कलाकार सँघ १००, इन्द्रधनुष क्लव १००, पर्वत समाज बेल्जियम १००, पासा पुच बेल्जियम १००, नेपाली मिलन केन्द्र १००, मोना बेल्जियम १००, लुम्विनी कपिलबस्तु अभियान १००, चितवन सहायता कोष १००, काभ्रेपलाञचोक सहायता समाज १००, किरात समाज १००, दीपक न्यौपाने ५१ । सवै रकम यूरोमा ।

लोक दाहाल, (अध्यक्ष) दीपेन्द्र के.सी.(प्रवक्ता) आड.माया लामा (महासचिव गैह्र) आवासीय नेपाली संघ बेल्जियम ।

गैह्र आवासीय संघ बेलिज्यमको प्रेस बक्तव्य ।

आदरणीय बेल्जियमबासी नेपाली समुदाय तथा क्रियाशील सहयात्री सँघसँस्थाहरु,

बेल्जियममा रहेका हामी नेपालीवीचको आपसी सौहाद्रता, भावनात्मक एकता तथा सहकार्यले विगतमा हामीले ठूला ठूला परिणाममुुखी कार्यहरु सम्पन्न गरेको सिलसिला विदितै छ । यसै क्रमको निरन्तरता यही जनवरी २५ र २६ मा नेपाली दूतावासको सँयोजन, एनआरएनको अगुुवाई तथा बेल्जियमका नेपाली सँघसँस्थावीचको सँयुुक्त सहभागितामा नेपालको पर्यटन प्रवद्र्धनको लक्षसहित सम्पन्न एन्तोर्पेन एक्स्पो तथा फेब्रुुअरीमा हुने ब्रसेल्स होलिडे फेयरको लागि सवै प्रकारका सहयोग गर्नुुहुने व्यक्ति विशेष तथा संस्थाहरुमा एनआरएन बेल्जियम हार्दिक धन्यवाद ज्ञापन गर्र्दछ । यो सँगै जन्मभूमिमा आइपर्ने दैवी प्रकोप तथा अन्य मानवीय परोपकारी कार्यमा पनि हामीले यथासक्य सहयोग गरी राहत प्रदान गर्ने प्रयास जारी छ । यसै सिलसिलामा हालै मध्य तराईमा शीतलहरबाट कैयौैले ज्यान गुमाउनु परेको तथा ठूलो सँख्यामा प्रभावित भैराखेको अवस्थामा एनआरएन बेल्जियमको आव्हानमा आर्थिक सहयोग गर्नुहुुने सवै सँस्था तथा व्यक्तिहरुमा हार्दिक धन्यवाद सहित यो विवरण सार्वजनिक गरिएको छ । धन्यवाद ।

आर्थिक सहयोग एन्तोर्पेन एक्स्पोः ब्रसेल्स मिलन केन्द्र १००, बिमल सुुव्वा १००, लुम्बिनी कपिलवस्तु अभियान १००, पासापुुच १००, काभ्रे सेवा समाज १००, चितवन सहायता कोष १००, इन्द्रधनुुष क्लव १००, साँग्रिला समाज १००, सँयुक्त किरात समाज १००, जनसम्पर्क समिति बेल्जियम १००, सन्तोष न्यौपाने ५१, म्याग्दी समाज मोना १००, नेपाली मिलन केन्द्र १००, मदन दुवाडी ५१ (सवै रकम यूरोमा) । शीतलहर पीडितका लागिः बिमल सुव्वा १००, इश्वरा शर्मा सहकोषाध्यक्ष एनआरएन बेल्जियम ३०, साँग्रिला समाज १००, बागलुुड. समाज ५१, कमल पन्थी ५१, सँयुक्त किरात समाज १००, प्रेम पाठक ५०, तमुु धीं १००, इन्द्र ओली १००, हुमनाथ दवाडी ५१, जनसम्पर्क समिति १००, लीला शर्मा मानन्धर १००, चिनिया दुवाल ५९, हाम्रो क्लव ब्रुज १००, लोक दाहाल अध्यक्ष एनआरएन बेल्जियम २००, (सवै रकम यूरोमा) ।

लोक दाहाल, (अध्यक्ष) दीपेन्द्र के.सी. (प्रवक्ता) आड.माया लामा (महासचिव) गैह्र आवासीय संघ बेलिज्यम ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *