अनियमित विद्युत आपुर्तिले सेवाग्राही मर्कामा !

बागलुङ २०७४ माघ २५ । अनियमित विद्युत आपुर्तिका कारण बागलुङ सदरमुकाम र आसपासका क्षेत्रहरुका उपभोक्ताहरु मारमा परेका छन् । केहि दिन देखी विद्युत आपुर्ति नियमित नभएपछी बैँकिङ कारोवार देखी आम संचार र अन्य उद्योग, व्यवसाय प्रभावित बनेका छन् ।

नियमित विद्युत आपुर्तिका लागि सेवाग्राहीहरुले विद्युत प्राधिकरण बागलुङको ध्यानाकर्षण गराउदा कुस्मादेखि बागलुङसम्मको लाईनमा रहेका ३३ केभीका ट्रान्सफर्मरलाई ११ केभीको बनाउन लागेको कारण विद्युत आउने जाने गरेको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणका प्रमुख कपिल राज पाण्डेका अनुसार वर्षातको समयमा विद्युत आपुर्तिलाई सुनिश्चित गराउनका लागी ट्रान्सफर्मर परिवर्तन गर्न
लागेको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *