Menu

बागलुङको १ लाख ८३ हजार हेक्टर कृषियोग्य जमीनमा साढे ३० हजार हेक्टरमा मात्र खाद्यान्न उत्पादन !

युवा बैदेशिक रोजगारीमा जाने, बुहारी शहर पस्ने र जेष्ठ नागरिकले कामगर्न नसक्दा जमीन बाँझै – आचार्य

बागलुङ २०७४ माघ २५ । जिल्ला कृषि विकास कार्यालय बादगलुङका बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बागलुङ जिल्लाको कुल १ लाख ८३ हजार हेक्टर खेतीयोग्य जमीन मध्य अहिले जम्मा ३० हजार ५ सय हेक्टर जमीनमा मात्र खाद्यान्न उत्पादन हुने गरेको बताएका छन् ।

ईबागलुङ डटकमले बैदेशिक रोजगार र बसाई सराईको प्रभाव : बाँझिदै गल्कोटका खेती योग्य जमीन ! शीर्षकमा समाचार सम्प्रेषण गरेको भोलि पल्टै बरिष्ठ कृषि विकास अधिकृत आचार्यको यो भनाई बाहिर आएको हो ।

बरिष्ठ कृषि विकास अधिकृत आचार्यले, युवाहरु बैदेशिक रोजगारीमा जाने र गाउँमा रहेका बुहारीहरु पनि शहर पस्ने चलन बढ्दो रहेको उल्लेख गर्दै गाउँमा रहेका जेष्ठ नागरिकहरुले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको बताए ।

जिल्लामा खाद्यन्न उत्पादन कमी हुनुमा जमिन बाँझो मात्र नभएर सिचाँईको कमी पनि रहेको जिछ ल्ला कृषि विकास कार्यालयको ठहर। अहिले बागलुङमा उत्पादन दिने जमिन मध्ये १९ प्रतिशत जमिनमा मात्र सिचाई पुगेको छ । खाद्यन्न उत्पादित ५ हजार ९ सय ७४ हेक्टर जमिनमा मात्र सिचाई पुगेको कार्यालयले जनाएको छ ।

बागलुङ पहाडी जिल्ला भएको र खाद्यन्न उत्पादन जमिन डाँडामा रहेको र सिचाईको लागि पानी तल हुने गरेका कारण सिचाई नपुगेको वरिष्ठ कृषि विकास अधिकारी आचार्यको भनाई छ । सिचाईको लागि खोलाको पानी खाद्यन्न उत्पादित हुने जमिनसम्म पु¥याउनको लागि स्रोत साधनको कमि रहेको जानकारी दिदै आचार्यले स्रोत साधन नहुनाले नै प्राप्त मात्रमा सिचाई गर्न नसकिएको बताए ।

जिल्लामा अहिले १ लाख १ हजार ५१ मेट्रिक टन खाद्यन्न उत्पादन हुने गरेकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा उत्पादन हुने मुख्य खाद्यन्न भनेको मकै, गहुँ, कोदो हो तर अहिले धान र पिठोको बढी प्रयोग हुने गरेकाले जिल्लामा उत्पादन हुने खाद्यन्न अपुग हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सुजित पौडेलको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *