बानपा नारायणस्थानको कैयामा पहिलो पटक श्रीमद्लिंग महापुराणको आयोजना !

बागलुङ, २०७४ माघ २५ । बागलुङ नगरपालिकाको बलेवा नारायणस्थानको कैयामा अवस्थित शिव मन्दिरको जिर्णोद्धारका लागी आर्थिक संकलन गर्न श्रीमद् लिंग महापुराणको आयोजना गरिएको छ । बुधबारदेखी शुभारम्भ गरिएको श्रीमद् लिंग महापुराणमा आचार्य पण्डित दिपेन्द्र पौडेलले कथा बाचन गरिरहेका छन् ।

पुरानो संरचनामा रहेको मन्दिरलाई जिर्णोद्धार गरी नयाँ संरचना निर्माणको लागी पुराणको आयोजना गरीएको शिव मन्दिर जिर्णोद्धार तथा पुजा व्यवस्थापन समितीका सचिव सुरेन्द्र थापाले बताए । उनले मन्दिरको पुरानो भवनलाई भत्काएर नयाँ निर्माण गरिसकीएको र पुराना मुर्तीहरु समेत व्यवस्थापन गरेर नयाँ मुर्ती बुधबारनै प्रतिस्थापन गरिएको थापाले बताए । महापुराणबाट जे जती आम्दानी भए पनि उठेको रकमबाट मन्दिरमा तारबार र सत्तल निर्माणको काम गर्ने योजना रहेको उनको भनाई छ । महापुराणमा करीब ५ लाख रुपया खर्च लाग्ने आयोजकको अनुमान छ ।

जिल्लाको दक्षिण क्षेत्रमा पहिलो पटक आयोजना भएको श्रीमद लिंग पुराणमा दश हजार भन्दै बढी श्रद्धालुहरुको सहभागीता रहने आयोजकको विश्वास छ ।
महापुराणमा बागलुङ, जैमिनी, फलेवास, कुश्मा नगरपालिकाहरु र बरेङ गाउँपालिका लगायतका क्षेत्रबाट भक्तजनहरुको सहभागिता रहने आयोजकले विश्वास रहेको छ । सात दिन लामो महापुराणको शिवरात्रिका दिन समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *