Menu

श्रेष्ठ दम्पत्तिव्दारा रु १ लाख ११ हजारको गुरु गणेश –बिष्णु अक्षय कोष स्थापना !

कोपिला कंडेल, बागलुङ २०७४ माघ २४ । बागलुङका एक दम्पत्तिले गुरु गणेश बिष्णु स्मृति पुरस्कार अक्षय कोष स्थापना गरेका छन् । बागलुङ बजार घर भै हाल बेलायत बस्दै आएका चन्द्र कुमारी श्रेष्ठ र भरत कुमार श्रेष्ठले आफ्ना स्वर्गिय माता पिता एबं सासू ससुरा गणेश कुमार श्रेष्ठ र बिष्णु कुमारी श्रेष्ठको स्मृतिमा रत्न श्रेष्ठ पुरस्कार संस्थान गुठीको संरक्षकत्वमा रहने गरी अक्षयकोष स्थापना गरेका हुन् ।

सो पुरस्कार अन्र्तगतको अक्षय कोषको रकम १ लाख ११ हजारको चेक आज एक समारोहका बिच रत्नश्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटालाई अक्षयकोषकर्ता चन्द्र कुमारी र भरत कुमार श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा श्रेष्ठ दम्पत्तिले नेपाल पत्रकार महासघं बागलुङ शाखाको निर्माणाधिन भवनका लागि ५ हजार ५ सय ५ रुपया सहयोग प्रदान गरेका छन । सो रकम श्रेष्ठ दम्पत्तिले शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा स्थित श्री मुक्तिनाथ वेद विश्राश्रम पाठशालामा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी तथा यस क्षेत्रका सिर्जनशील स्रष्टा एवं साहित्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । कोषबाट २ बर्षको एक पटक पुरस्कार वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

बागलुङ जन्मेर बेलायतलाई कर्मभुमी बनाएका कोषका स्थापनाकार चन्द्रकुमारी श्रेष्ठले आफ्ना आमा बुवाको सम्झनामा कोष स्थापना गर्दा खुशी लागेको भन्दै आगामी दिनमा पनि विभिन्न खालका सामाजिक कार्यमा संलग्न हुदैँ जाने बताईन ।

कार्यक्रममा तेजरत्न स्मृति पुरस्कार संस्थानका अध्यक्ष लालचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाको अध्यक्षता, सदस्य देबबहादुर श्रेष्ठको स्वागत र सचिव महेशचन्द्र प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *