बागलुङको बरेङ गाउपालिकामा ७ दिने डकर्मी रिफ्रेसर तालीम शुरु

प्रकाश छन्त्याल, बरेङ बागलुङ २०७४ माघ २४ । बरेङ गाँउपालिका १ बरेङमा डमर्मी रिफ्रेसर तालीम शुरु भएको छ । घरेलु तथा साना उद्योग विकाश समिती मुख्य शाखा बागलुङको आयोजना बरेङ गाँउपालिकाको प्राबिधिक सहयोगमा बुधबार देखी ७ दिने डकर्मी रिफ्रेसर तालीम शुरु गरिएको हो ।

२०७२ बैसाख १२ गते गएको भुकम्प पश्चात बरेङ क्षेत्रमा नयाँ प्रकारको डकर्मी तालीम गर्ने अवसर दिलाएकोमा घरेलु तथा साना उद्योग विकाश समिती मुख्य शाखा बाग्लुङलाई बिशेष धन्यवाद दिदै आधुनिकीकरणको सिकाई गरी भुकम्प प्रतिरोधात्मक घरहरु बनाउन सिपको बिकास हुने अपेक्षा गरिएको छ ।

आम नागरिकको सुरक्षाको लागी भुकम्प प्रतिरोधात्मक घर निर्माण आवश्यक रहेकोले तालिममा सिकाईएको शिप अनुसारका घर निर्माण गर्न र सिकेको सिपलाई ब्यबहारमा ल्याउन बरेङ गाउपालिका वडा नं १ का वडा अध्यक्ष नरसिँह पुनले प्रशिक्षार्थीलाई अनुरोध गरे ।

घरेलु तथा साना उद्योग बिकास समिती मुख्य शाखा कार्यलय बागलुङका निर्देशक नारायण न्यौपानेले सरकारले यस जिल्लामा ४०० जनालाई तालीम दिने लक्ष्य सहित संचालन गरेको तालिम प्रत्येक नगरपालिकाका ५० जना र गाँउपालिकालाई २५ जनालाई तालीम दिने लक्ष्य सहित यो तालीम शुरु गरिएको बताए ।

कार्यक्रममा शाखा कार्यलयका निर्देशक न्यौपाने, सर्वोदय क्याम्पस प्रमुख फुलकुमारी शर्मा, ईलाका कृषि केन्द्र बरेङका प्रमुख रुपादेवी शर्मा, सामुदायिक रेडियो बिहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्याल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम निर्देशक न्यौपानेको अध्यक्षता,उद्यम बिकास बागलुङका अधिकृत यममाया श्रीसको संन्चालनमा सम्पन्न भएको थियो ।

तालीमको पहिलो दिन बुधबार ईन्जीनियर कृष्ण थापा, घरेलु समितीका उद्योग अधिकृत जमुना सुवेदी, निर्देशक न्यौपानेले सहजिकरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *