Menu

धौलागिरी बहुमुखी क्याम्पसको प्रांगण फुटबल मैदानमा बिकास गरिदै
अघी अघी डोजरले माटो उक्याउदै, पछीपछी दमकलले पानी छर्केर माटो थमार्दै …!

बागलुङ २०७४ माघ २४ । बागलुङ सदरमुकाममा हालै सम्पन्न अन्तर नगरपालिका मेयर कप फुटबलको चर्चा सेलाउन नपाउँदै गल्कोट नगरपालिका ११ रिघामा अर्को फुटबल प्रतियोगिताको आयोजना गरिएको समाचार प्रकाशमा आउदै गर्दा धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणलाई फुटबल खेल मैदानमा विकास गरिन थालेको छ । यो समाचार सम्प्रेषण गरिरहँदा बागलुङ जिल्लामा फुटबल प्रतिको मोह निकै बढेको अनुमान गर्न सकिन्छ । बुधवार धौलागिरी बहुमुखी क्याम्पस प्रांगणलाई फुटबल मैदानमा विकसित गर्ने हेतुले डोजरले खनिरहेको दृश्यले पनि फुटबल मोहको संकेत दिईरहेको थियो ।

क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायसंग यसबारे जिज्ञासा राख्दा विद्यार्थीहरुका लागी फुटबल ग्राउण्ड बनाउन डोजरले जमीन सम्याउन लागेको बताए । उनले भने हामी सबैको प्रयासबाट डोजरले मैदान सम्याउन थालिएको हो ।

बिद्यार्थीहरुका लागि खेलकूद अनिर्वार्य आवश्यकत मानिन्छ । बेला बेलामा महोत्सव सन्चालनका लगी प्रयोगमा आउने गरेको क्याम्पस प्रांगणलाई खेलमैदानमा विकसित गर्नु आवश्यक थियो पनि ।

आज क्याम्पस प्रांगणमा रहेको माटोका ढिस्काढिस्की डोजरले सम्याई रहँदा त्यस्को पछीपछी दमकल (अग्नी समन/वारुण यन्त्र)ले माटो थमार्न पानी छर्किदै गरेको दृश्यले धेरैको ध्यानाकृष्ट गरायो ।

डोजरले माटो उत्खनन गरिरहँदा पानी राखेर माटो थमार्न बागलुङ नगरपालिकाले दमकल बारुणयन्त्र पठाई दिएको क्याम्पस श्रोतले बतायो ।

निर्माणाधीन जिल्ला प्रशासन कार्यालय, बागलुङ को भवनमा पानी ओसार्दै दमकल २०७२ चैत २७ ।
धेरै लामो समय सम्म प्रयोगमा नल्याउँदा दमकलका पाटपूर्जा बिग्रने कुरालाई मध्यनजर गरी बागलुङ नगरपालिकाका हाकिमहरुले दमकललाई राम्रो अवस्थामा राख्न परीक्षणको निम्ति आज क्याम्पसमा प्रयोगमा ल्याएको हुनसक्छ । किनकि, गत २०७२ साल चैत २७ गते यहि दमकलले जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवन (जुन अहिले सम्म सम्पन्न भएको छैन) बनाउनका लागि दमकलले पानी ओसारेको विषयलाई लिएर ईबागलुङ (धौलाश्री)ले कस्को आदेशले जिल्ला प्रशासनको भवन बनाउन दमकलले पानी ओसा-यो ? शीर्षकमा समाचार सम्प्रेषण गर्दा तत्कालीन प्रजिअ भागिरथ पाण्डेले दमकल राम्रो अवस्थामा राख्न परीक्षण गरिरहनु आवश्यक भन्ने जवाफ दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !