Menu

गल्कोट रिघामा मध्ये बागलुङमै ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिताको आयोजना !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ माघ २४ । बागलुङ जिल्लाको मध्ये क्षेत्रमै ठूलो राशिको फुटवल प्रतियोगिता गल्कोट नगरपालिका ११ रिघामा हुने भएको छ । विजेताको लागि १ लाख १ हजार नगद पुरस्कार सहित आयोजना गरिएको प्रतियोगितामा उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजक युवा तथा खेलकुद विकास समिति रिघाले जनाएको छ ।

फागुन १८ गते देखिे रिघामा आयोजना गरिने फुटवल प्रतियोगिताको तयारी स्वरुप प्रचार प्रसारलाई तिव्रता दिइएको छ । युवा खेलाडीहरुको खेल प्रतिभाको खोजी गर्ने तथा फुटवल खेलको वृद्धि र विकासवाट रिघालाई फुटवल हवको रुपमा विकास गर्ने योजना सहित आगामी कार्यक्रमको तयारी गरिरहेको समितिका अध्यक्ष दान वहादुर श्रीले बताए ।

३ दिन सम्म चल्ने कार्यक्रमवाट रिघाको आन्तरिक पर्यटनलाई विकास पुग्ने र कार्यक्रम अवधिमा १५ हजार दर्शक भित्राई आर्थिक लाभ लिने खेलकुद विकास समितिले जनाएको छ ।

स्थानिय लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने कार्यक्रममा ३० लाख वरावरको आर्थिक कारोवार हुने आयोजकको दाबी छ । कार्यक्रमको लागी झण्डै ११ लाख खर्च हुने बताईएको छ । फुटबल प्रतियोगिता सन्चालनका लागि गल्कोट नगरपालिकाले २ लाख सहयोग गर्ने श्रोतले बतायो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक गायीकाहरुको सांगीतिक प्रस्तुती, स्थानिय लोक संस्कृति झल्कने खालका सोरठी, कौडा, सालैजो गीत तथा नृत्यहरुको प्रस्तुती, मगर संस्कृति झल्कने खेल धनुषबाँण प्रतियोगीता लगाएतका कार्यक्रम रहेको अध्यक्ष श्रीसले जानकारी दिए ।

फाईल तस्वीर- रिघाको खेल मैदानमा गत वर्ष सन्चालित प्रतियोगिताका खेलाडीहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *