एघार वर्षकी बालिका बनिन् बच्चाकी आमा !

स्पेन २०७४ माघ २३ । स्पेनकी एक ११ वर्षिया बालिकाले बच्चालाई जन्म दिएकी छन् । ती बालिकाले गत शुक्रबार परिवारजनलाई पेट दुखेको बताएपछीे उनलाई दक्षिण पूर्वी स्पेनको म्यूरिका (Murcia) शहरको Virgen de la Arrixaca hospital मा भर्ना गरिएको थियो, जहाँ बालिकाले बच्चालाई जन्म दिएकी हुन् ।

स्पेनको Murcia स्थित Virgen de la Arrixaca hospital जहाँ बालिकाले बच्चालाई जन्म दिएकी थिईन् ।

डेलीमेलका अनुसार, घटना बाहिर आए लगत्तै प्रहरीले गरेको अनुसन्धान पछी ती बालिकाले उनकै १४ वर्षिय दाजुसंगको सहवासबाट गर्भधारण गरेको पत्ता लागेको छ । श्रोतका अनुसार बहिनीलाई गर्भधारण गराउदाका बखत दाजुको उमेर १३ वर्ष भएकाले उनी माथी कुनै कानूनी मुद्दा नचल्ने बताईएको छ । स्पेनको कानून अनुसार १३ वर्षको उमेरमा गरिएको अपराधिक केसमा कार्बाही गर्न मिल्दैन ।

आमाबच्चा दुबैको स्वास्थ्य सामान्य रहेको परिवार जनले बताएका छन् । बालकको बाबुको प्रमाणिक पुष्टीका लागि डीएनए परीक्षण गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *