कविता : “निस्तो सम्झौता”

खै! कसरी भएन भनौ
खै! कसरी हैन भनौ
तिम्रो मेरो सम्झौता निस्तो भो भनेर
धड्कन बढेर आऊँछ
अनि
मुटु डढेर आऊँछ
जान्छ खालि आकाशमा माथि माथि सिग्रेटको धुवाँ सँगै।
भट्टीमा म
एक पोटी लसुन टोक्दै तानिरहेको हुन्छु लोकलको घुड्को लगाएर चौतारी!
हो
यहि धुवाँ सँगै ऊडिरहेछ जिन्दगी तिम्रो यादमा!
खै! कसरी हैन भनौ
सम्झौता
निस्तो भो भनेर।
हरेक पल हरेक धड्कन सँगै
यो हृदयमा
सामुन्द्रिक सुनामी भई आऊने तिम्रा यादहरुले झनै जिन्दगी निस्तो बनाऊँछन्!
खै कसरी हैन भनौ
सम्झौता निस्तो भो भनेर
कल्पना पनि गरेको थिईन

थिएनौ तिम्ले पनि…!
आज किन
पृथ्वीका दुई ध्रुव बनायौ सम्बन्ध अनि साथ
तिमी आँफै भन प्रिय
म कसरी नभनौँ सम्झौता निस्तो भो भनेर!
खै! कसरी हैन भनौ
खै! कसरी भएन भनौ…!
माया नगरेको पनि होईन
एक अर्काको टाऊकोमा हात राखेर
सँगै ज्यूनेँ मर्ने सम्झौता नगरेको पनि होईन
एक अर्काको खाली अँगालो नभरेको पनि होउन
एक अर्काको मनको प्यास नमेटेको पनि होईन
जवानी नसाँटेको पनि होईन
भेट्नकै लागि दुनिया नढाँटेको पनि होईन
तर आज किन
नदिको दुई किनार बनायौ सम्बन्ध
तिम्रो मेरो हरेक दिन अप्रिल फूल हुन्थ्यो
भ्यालेन्टाईन डे
अनि ह्याप्पी वत्थ्डे
त्यो पनि भोलिपल्ट…।
तिमी आँफै भन
खै! कसरी भएन भनौ
खै! कसरी हैन भनौ
सम्झौता निस्तो भो भनेर???
तिम्रो मेरो पिरतीमा
आँधी आयो
हुरी चल्यो
वैँशालु दिनमा रोपेको
प्रितिको फूल ढल्यो
म किन घायल बन्थेँर प्रिय मुटु जल्यो
त्यसै वेला झन्
दिलमा छुरा चल्यो
म रन्थनिँए
पछारिएँ
डाँको छाडेर रुँदै हिडेँ
तिमी खित्का छाडेर हाँस्दै…!
दुनिया मलाई पागलको संज्ञा दियो
तिमीलाई नकचरी!
हो सत्य हो प्रिय
तिमी मौन रहेपनि
अज्ञात बन्दै गएपनि
तर
एऊटा कुरा
कठै! तिमी र म अनि हाम्रो पिरती…!
म बाह्रमासे
कोपिला फक्राएर निरन्तर फूलीरहेँ
सँधै सुवास चुलिरहेँ
हो प्रिय केवल तिम्रो लागी
तर
तिमी बेमौसमी र तिम्रो माया
एक मौसममा एऊटा सँग फूल्यौ ओईलिएर झरेऊ
र अर्को मौसममा
फेरी अर्को…!
तिमी आँफै भन प्रिय
खै! कसरी भएन भनौ
खै! कसरी हैन भनौ
तिम्रो मेरो सम्झौता निस्तो भो भनेर…???

-np घायल
लिमिठाना ४ पर्वत।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *