मुस्ताङ्की ७० वर्षिया बृद्धालाई जवरजस्ती करणी गर्ने पक्राउ

मुस्ताङ, २०७४ माघ २३ । मुस्ताङ जिल्लाकी एक बृद्ध महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा घोरपझोङ गाउँपालिका–१ चिमाङ बस्ने ३१ बर्षीय सुनबहादुर बिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विकले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ७० बर्षीया बुद्धमहिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *